• काठमाडौं । अविरल वर्षाका कारण केही दिनदेखिको बाढी पहिरोका कारण देशभरका विभिन्न सडकखण्डहरुमा अवरोध देखिएको छ । सोमबार नेपाल प्रहरीले जारी गरेको सूचना अनुसार देशभरका मुख्य १५ वटा राजमार्गमा बाढी पहिरोका कारण अवरोध रहेको छ ।

    अहिले कालीगण्डकी नदीको पानीको बहाब बढी भएकोले बेनी जोमसोम सडकको घोप्टेभीर भन्ने ठाउँमा सडक अबरुद्ध रहेको छ । सो २७ गते दिउँसोको साढे ३ बजेदेखि नै अवरोध रहेको हो । यसलाई अझै पनि सुचारु भएको छैन ।

    त्यस्तै, बाढीक कारण मनाङ जिल्लाको म्यादीखोलामा पानीको बहाब बढी भएपछि बेसिशहर मनाङ सडकखण्ड पनि अवरोध रहेको छ । ओखलढुंगा जिल्लाको सिद्धिचरण राजमार्ग पनि यतिबेला अवरोध छ । ईन्द्र सरोबरमा पानीको तह भरिएपछि केही समयमा ड्याम खोल्नु पर्ने भएकोले फाखेल हुँदै काठमाडौं आउने बाटोमा पनि अवरोध सिर्जना भएको छ ।

    यस बाहेक यतिबेला अवरोध रहेका सडकहरु निम्नानुसार छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…