• काठमाडौं । इंगल्याण्डमा सम्पन्न एक दिवसीय विश्वकप क्रिकेटको उपाधि इंगल्याण्डले जितेको छ । नियमित ५० ओभरमा बराबरी भएपछिको सुपर ओभरमा पनि बराबरी भएपछि सबैभन्दा बढी चौका हानेको आधारमा इंगल्याण्डले उपाधि जितेको हो ।

    इंगल्याण्डले आइतबार राति लर्डसमा भएको खेलमा सुपर ओभरमा २ समेत गरी २६ वटा चौका हानेको थियो भने न्यूजिल्याण्डले सुपर ओभरमा १ गरी १७ वटा चौका हानेको थियो ।

    अहिलेसम्मकै रोमाञ्चक फाइनल जितेसंगै इंगल्याण्डले पहिलो विश्वकपको उपाधि जितेको छ ।

    चौथो पटकको फाइनल प्रयासमा इंगल्याण्डले उपाधि जितेको हो । सन् १९७५ मा विश्वकप इंगल्याण्डमै भएको थियो ।

    यस्तो छ यसअघिको खेल
    सुपर ओभर इंगल्याण्ड ब्याटिङ
    बेन स्टोक्स र जोस बट्लरले ब्याटिङ गरेकामा ट्रेन्ट बोल्टले बलिङ गरे । पहिलो बलमा स्टोक्सले ३ रन लिए ।
    दोस्रो बलमा बट्लरले १ रनमात्र लिए । तेस्रो बलमा स्टोक्सले चौका हाने । पाँचौं बलमा स्टोक्सले १ रनमात्र बनाए ।
    पाँचौं बलमा बट्लरले २ रन लिए । अन्तिम बलमा बट्लरले ४ रन बनाए । इंगल्याण्डले १५ रन बनायो ।

    सुपर ओभर न्यूजिल्याण्ड ब्याटिङ
    मार्टिन गुप्टिल र जिम्मी निसम ब्याटिङका लागि आए भने जोफ्रा आर्चरले बलिङ गरे ।

    १६ रनको लक्ष्य लिएर उत्रिएको न्यूजिल्याण्डले पहिलो रन उपहार पायो । आर्चरले वाइड फाले ।

    पहिलो बलमा निसमले २ रन लिए । दोस्रो बलमा निसमले छक्का हाने । तेस्रो बलमा निसमले २ रन लिए ।

    चौथो बलमा सिनमले दुई रन लिए । पाँचौं बलमा निसमले १ रन लिए । अन्तिम बलमा दुई रन जितका लागि जरुरी भएकामा गुप्टिलले १ रन बनाएर आउट भए ।

    यसअघिको नियमित इनिङ

    इंगल्याण्डको इनिङ
    २४२ रनको लक्ष्य लिएर उत्रिएको इंगल्याण्डले सबै विकेट गुमाएर ५० ओभरमा २४१ रन नै बनायो ।

    अन्तिम ओभरमा १५ रनको जरुरी थियो । १४ रन बनाए टाइ हुने थियो । अन्ततः टाइ नै भयो । २ विकेट ढल्यो । दुई डट बल, त्यसपछि छक्का अनि दुई रन लिँदा ओभर थ्रो भएपछि अतिरिक्त ४ रन हुँदा त्यो बलमा ६ रन भयो । त्यसपछि दुई बलमा तीन रनको जरुरी हुँदा एक रन लिँदै रनआउट हुँदा सबै विकेट पनि गुम्यो अनि १४ रन पनि बन्यो ।

    बेन स्टोक्स ९८ बलमा नटआउट रहँदै ८४ रन बनाउन सफल भए । जेम्स निसम र लक्की फर्गुसनले ३–३ विकेट लिए ।

    न्यूजिल्याण्डको इनिङ
    न्यूजिल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्यो । न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा २४१ रन बनायो ।

    हेन्री निकोल्सले ७७ बलमा ५५ रन बनाए । टोम लाथमले ५६ बलमा ४७ रन बनाए ।

    क्रिस वोक्स र लियाम प्लंकेटले ३–३ विकेट लिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…