• काठमाडौँमा एक कार्यक्रमको बीच नेपालमा पहिलोपटक आयोजना हुन लगोको जनजाति चलचित्र एवं संगीत अवार्ड घोषणा गरिएको छ । हुकुम मल्टिमिडियाले ज्योमो ग्याङ सिनेमा एन्ड म्युजिक अवार्ड २०१९ थाइल्यान्डमा आयोजना गर्न लागेको कार्यक्रममा जानकारी दिएको छ । हुकुम मल्टिमिडिया अध्यक्ष डीबी बम्जनले बताए अनुसार आगामी भदौ ७ गते थाइल्यान्डमा अवार्ड गर्न लागिएको जानकारी दिए । २०७३ सालदेखि २०७५ सालसम्म निर्माण भएका चलचित्र र म्युजिक भिडियोले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । यस कालखण्डमा निर्माण भएका कूल ६३ चलचित्रबाट उत्कृष्ट पाँच मनोनयन गरिने भएको छ ।

    घोषणा समारोहमा विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले बताए अनुसार जनजाति सिनेमाको अन्तराष्ट्रिय करण र बजार अभिवृद्धिका लागि अवार्ड कोशेढुंगा हुने बताए । चलचित्रतर्फ कूल १६ र संगीततर्फ ११ विधा राखिएको छ । सोही समारोहमा प्राविधिक संघ नेफ्टाले गर्न लागेको अवार्डको मिति समेत घोषणा भएको छ । अध्यक्ष पुष्कर लामाले बताए अनुसार आगामी दशैंदेखि तिहारभित्र विदेशमै अवार्ड गर्ने तयारी रहेको जनकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…