• उर्लाबारी । संयुक्त इसाई समाज उर्लावारीले उर्लाबारी वडा नम्बर ८ का बाढीबाट पीडित सन्थाल समुदायलाई राहात वितरण गरेको छ । स्थानीय वगरेटोलका बाढी पीडितलाई चामल सहित खाद्यन्यका समाग्री चाउचाउ नुनतेल, ओछ्याउनका लागि फम वितरण गरेको कार्यक्रम संयोजक विश्वास पोमुले जानकारी दिनुभयो । बाढीबाट पीडित २५ घरका सन्थाल परिवारहरु यतिवेला स्थानीय बहादुर वावा विद्यालयमा आश्रय लिएर बसेका छन् । बाढीले घर डुवाउनुका साथै लत्ताकपडा खानेकुरा सबै बगाएपछि सन्थाल समुदाय यतिवेला कष्टकर जिवन विताईरहेका छन् ।
    खोला समयमै तटबन्धन नहुनुले पनि बर्षेनी यस्तै समस्या भोग्दै आएको गोरे हेमरम बताउछन् । राहात पाएपछि उनले केहि सहजता मिलेको भन्दै संयुक्त इसाई समाजलाई धन्यवाद ज्ञापन गरे । सोहि अवसरमा अरनिको हस्पिटल उर्लाबारीले बाढीबाट बिभिन्न रोग र माहामारी फैलन सक्ने भन्दै बाढी पीडितहरुलाई निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरेको थियो ।
    राहात वितरण तथा स्वास्थ्य शिविर कार्यक्रममा संयुक्त इसाई समाजका प्रतिनिधी, उर्लाबारी वडा नम्बर ८ का वडा अध्यक्ष कुलबहादुर कार्की, तामाङ घेदुङका उर्लाबारी सचिव राजकुमार योन्जन लगायत स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…