• होटल तथा लजहरुमा  प्रहरीको छापा, ९७ जना युवायुवती पक्राउ

    होटल तथा लजहरुमा  प्रहरीको छापा, ९७ जना युवायुवती पक्राउ

    चितवन । चितवन प्रहरीले सोमबार जिल्लाको विभिन्न स्थानहरूमा रहेको होटलहरुमा छापा मारेको छ ।

    अवैध यौनजन्य क्रियाकलाप तथा सामाजिक विकृती रोक्न भन्दै प्रहरीले सोमबार दिउँसो २ बजे जिल्लाको नारायणगढ, रामनगर, भरतपुर सहित पुर्वी चितवनको रत्ननगर टाँडी क्षेत्रमा रहेका होटल तथा लजहरुमा छापा मारेको हो ।

    छापा मार्ने क्रममा प्रहरीले अबैध यौनजन्य गतिविधिमा संलग्न भएको आशंकामा ९७ जना युवायुवतीहरुलाई पक्राउ समेत गरेको छ ।

    पक्राउ पर्नेहरूमा ४३ जना महिला, ४२ जना पुरुष र १२ जना होटल सञ्चालक रहेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिनुभएको छ ।

    अवैध यौनधन्दा भइरहेको सूचनाका आधारमा प्रहरीले छापा होटल तथा लजहरुमा छापा मारेको थियो । छापा मार्ने क्रममा उनीहरुलाई विभिन्न होटलहरुबाट रंगेहात पक्राउ गर्न सफल भएको प्रहरीको भनाई छ ।

    प्रहरी नियन्त्रणमा रहेकाहरु मध्ये अधिकांशको श्रीमान वा श्रीमती विदेशमा रहेको प्रहरी अनुसन्धानले देखाएको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको एसपी मल्लले जानकारी दिनुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…