• मंगलबार निर्माण टिमले चलचित्र ‘माछा माछा’को फर्स्टलूक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि फाइनल गरेको छ । चलचित्रमा सौगात मल्ल ,विजय बराल र अनोज पाण्डेको केन्द्रिय भूमिका रहेको छ । सार्वजनिक पोस्टरमा सौगात, विजय र अनोजको समुह र माओत्से गुरुङको समुह छुट्टिएको छ । पोस्टरमा माओत्सेको समुहले क्रिकेटको ब्याट, बल र स्टम्प समातेका छन् जसले गर्दा दर्शकमा कौतुहलता सृजना गरेको छ ।


    पोस्टरमा अभिनेत्री नम्रता श्रेष्ठलाई पनि स्थान दिइएको छ । चलचित्र भने कार्तिक २९ गते प्रदर्शन हुनेछ । चलचित्रमा सौगात मल्ल ,विजय बराल ,अनोज पाण्डे ,नम्रता श्रेष्ठको साथमा प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धुर्व कोइराला, बसन्त भट्ट लगायत कलाकारको पनि अभिनय रहेको छ । पोस्टर सार्वजनिक गरे पनि निर्माण टिमले चलचित्रको कथाबस्तु र पात्रको बारेमा खुलाएको छैन ।


    सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको छ भने रामबाबु गुरुङ र दयाहाङ राईको लगानी रहेको छ । चलचित्रको सह-निर्मातामा ओमचंद्र रौनियार र अर्जुन कार्की छन् । तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा निर्मित चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, आनन्द महर्जनको पोस्टर डिजाइन, शिवराम श्रेष्ठको छायाँकन र निर्देशक गुरुङको लेखन रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…