• असार ३१, पथरी । नेपाली समाजको एउटा चिरपरिचित उखान “दशा बाजा वजाएर आउदैन” भन्ने सावित भएको छ । गत असार २६ गते राति लगभग २ वजेको समय हुदो हो असारको मौसम वर्षातको समय झरी पानीको मौसममा पानी परिरहेको थियो । केहि दिन अगाडी सम्मको उखर्रमालौ गर्मीले आजित वनेका गाउवासी र कैलाश गुप्ता परिवार मस्त निद«ामा थिए । झमझम परेको झरीमा निदाई रहेको परिवार र गाउले हरुलाई झरीको पानीले भन्दा पनि एक्कासी निस्केको आगोको रापले आधा निन्द«ामा व्युझायो । आगोको रापले त गाउलेहरुलाई व्युँझायो मात्र तर त्यही आगोको रापले गु्प्ताले दश नङग्रा खियाएर जिवन भरी कमाएको धन सम्पत्ती क्षण भरमै खरानी बनायो । गुप्ता स्थानिय व्यासायी पनि उनी लामो समय देखि ग्यासको डिलरका रुपमा आफ्नो व्यावसाय सञ्चालन गर्दै आएका थिए यसका साथै उनी पेट्रोल, डिजलको व्यावसाय गर्दै आएका थिए । आगलागीबाट गुप्ताका ६ कोठे पक्की घरका सम्पूर्ण सरसामान लत्ताकपडा, भाडावर्तन, खाध्यान्न जलेर नष्ट भएको थियो । आगलागीमा परेर २ वटा मोटरसाइकल समेत जलेका छन् । राती २ बजे उठेको आगो प्रज्वलनशिल पदार्थ भएकै कारण निभाउन विहान ५ बजेमात्र सपफल भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । लगभग ३ घण्टा पछि नियन्त्रणमा ल्याईएको आगोले गुप्ताको ७२ लाख वरावरको क्षतिहुन पुगेको प्रहरीले जनाएको छ । यसरी जुट्दैछ गुप्तालाई सहयोग आगलागी भएको खवर सुन्नै वितिकै नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहित ८ नम्वर वडाध्यक्ष बाबुराम दहाल, कार्यपालिका सदस्य, वडा सदस्यहरु आज त्यहाँ पुगेर पिडीत परिवारलाई सान्त्वना दिँदै क्षतिपूर्तीमा पहल गर्ने वताए । आपतमा परेका गुप्तालाई नगरपालिकाले मंगलवार राहत स्वरुप ५१ हजार रुपैया उपलव्ध गराएको छ । यस्तै पालिकाकी उप–प्रमुख यमुना विष्ट वास्तोलाले व्यात्तिगत रुपमा ५ हजार रुपैया सहयोग समेत गरेकी छिन् ।

    यस्ता आपत विपतमा आफुहरु सधै नगरवासीलाई साथ र सहयोग दिन तत्पर रहेको वताउँदै जनप्रतिनिधिहरुले पिडीत परिवारलाई धैर्य गर्न आग्रह गर्दै ८ नम्वर वडा कार्यालयकोतर्फबाट वडाको विपद् व्यवस्थापन कोषमार्फत तत्काललाई १० हजार रुपैयाँ राहत प्रदान गरिएको वडाध्यक्ष दहालले वताए । विद्युत सर्ट भएको अनुमान गरिएपनि पानी परेर ओसिएको अवस्थामा भएको आगलागीको यकिन कारण भने खुलिसकेको छैन । तर पनि प्रहरीले ग्यास लिक भएर आगलागी भएको हुन सक्ने वताएको छ ।   नेपाली काग्रेस नगर कमिटिको सहयोग गुप्ताको दुखद घडीमा नेपाली कांग्रेसका नेता क्षेत्रिय सभापति गणेश खड्का, जिल्ला सदस्य धन कुमार तामाङ , नगर सचिव दुर्गा भट्टराई , वडा अध्यक्ष बाबुराम दहाल, सागर राई लगाएतको पहलमा गुप्तालाई सहयोग स्वरुप १५० सिसिको पल्सर मोटरसाईकल प्रदान गरेको छ । त्यसै गरि ओम साई राम अटोका शम्भु बुढाथोकीले व्याक्तिगत १५ हजार सहयोग गरेका छन् ।

     २ वटा लायन्सले यसरी ग¥यो सहयोग अन्तराष्ट्रिय सस्थाका रुपमा रहेको लायन्स क्लव अफ अफ योङहार्ट र लायन्स क्लव अफ पथरीले संयुक्त रुपमा एक आगलागी पिडित गुप्तालाई खाध्यान्य राहत वितरण गरेको छ । सोमवार पिडितकै घरमा पुगेर सो सस्थाले राहत सामाग्री वितरण गरेको लायन्स योङहार्ट पथरी का अध्यक्ष राजेन्द« वस्नेतले जानकरी दिए । राहत स्वरुप ३ वोरा चामल, १ वोरा दाल, खानेतेल, चाउचाउ लगाएतको खाध्य सामाग्री वितरण गरिएको लायन्स केदार वोहोराले वताए ।

    प्रभात सामुदायिक क्लवको सहयोग यस्तो छ वडा नम्वर ८ मै रहेको प्रभात सामुदायिक युवा क्लबको तर्फबाट गुप्तालाई केही आर्थिक तथा भौतिक सहयोग गरौं भन्ने सामाजिक सञ्जाल मार्फत अभियान चलाउदै हाल सम्म २२ हजार रुपैया संकलन गरिसेको छ भने सस्थाको तर्फवाट ५ हजार रुपैया सहयोग प्रदान गरिएको क्लवका अध्यक्ष नविन जङ्ग कार्कीले वताए । क्लवले सम्पुर्ण देश तथा बिदेशमा रहेका गाउँ बासी तथा नेपाली हरुलाई आर्थिक सहयोगको लागि अपिल गर्दै समपर्क नम्वर ९८१५३३९३१६ समेत सार्वजनिक गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…