• उर्लाबारी । उर्लाबारी ४ किसान चोक निवासी सबिना धिमाल स्वास प्रस्वास सम्बन्धी रोग बाट जीवन मरनको दोसाँधमा छिन । १९ बर्शिय धिमालको हाल नोबेल हस्पिटल विराटनगरमा उपचार भै रहेको छ । उपचारमा आर्थिक समस्या भएपछी धिमालकि बुवा जितबहादुर धिमालले सबै सामु सहयोगको याचना गरेका छ्न । हामीले सक्ने सबै खर्च गरिसक्यौ , ऋणपान पनि अब कतै पाउने ठाउँ छौ्, सम्पत्तीको नाममा अब घर मात्र बाकी छ , जितबहादुरले भने, सबैले सहयोग गरेर छोरीलाई नयाँ जीवन दिलाइदिनु होला । अब तपाइहरुको हातमा छ,मेरो छोरीको जिवन । धिमालले आफ्ना क्षमताले नभ्याएकाले अब सहयोगको लागि हार गुहार गरेको बताउछन् । भन्छन्, मेरो छोरीलाई सकुसल घर फर्काउन चाहान्छु, उपचार गर्ने मन छ तर पैसा छैन् ।
    छोरीको आर्थिक अभावकै कारण उपचार रोकिन्छ भन्ने पीर जितबहादुरलाई छ । के गर्ने नगर्ने बढो पीर छ, धिमालले भने,‘अब देशविदेशमा हुने नेपाली दाजुभाईको हातमा छ मेरो छोरीले नयाँ जिवन पाउँने कुरा । प्लिज मेरो छोरीलाई बचाइदिनुहोला ।

    यसैविच आज धिमालको घरमा स्थानिय समाजसेबी सर्बजित भण्डारी,राजन थापा, उमेष धिमाल, सन्चारकर्मी नवराज भट्टराई , तेजन खड्का लगायत पुगेर बिरामी अबस्था बुजेर सबै तिर पहल कदमी गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

    थप जानकारीका लागि अर्जुन बस्नेतसँग सम्पर्क गर्न सक्नुहुनेछ 9815389265


सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…