• काठमाडौं – कम्युनिस्ट सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानको प्रावधान विपरित लोक सेवा आयोगलाई विज्ञापन निकाल्न भनेपछि राजीनामाको मागसहित काठमाडौंमा प्रदर्शन भएको छ । मन्त्री पण्डितको राजीनामा माग गर्दै मंगलबार काठमाडौंको माइतीघर मण्डलामा हजारौ सर्वसाधारणले प्रदर्शन गरिएका छन् ।

    समानुपातिक, समावेशी सिद्धान्त विपरीत खुलाइएको लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै ‘आरक्षण बचाऔं आन्दोलन’ले प्रदर्शन गरेको हो । आन्दोलनमा सहभागीहरूले मन्त्री पण्डितको राजीनामा माग गर्दै नारावाजी समेत गरेका छन् ।

    प्रदर्शनमा उत्रिएका महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायहरूले संविधानविपरीत स्थानीय तहको विज्ञापन खुलाइएको दाबी गर्दै तत्काल खारेज गर्न लोक सेवा आयोगलाई आग्रह गरेका छन् ।

    सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर, लोक सेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाइँदैन लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीले समावेशी सिद्धान्तको खिल्ली उडाउने काम गरेको भन्दै कम्युनिस्ट सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।

    लोक सेवा आयोगले खुलाएको स्थानीय तहको कर्मचारी भर्नासम्बन्धी विज्ञापन संविधानको भावनाअनुसार नआएको भन्दै सर्वोच्च अदालतमा पनि रिटसमेत दायर गरिएको छ ।

    रिटमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । सर्वोच्चको आदेशसँगै आयोगले नयाँ कर्मचारी भर्नाको आफ्नो कामलाई अगाडि बढाएको थियो ।

    राजीनामा माग गर्दै सडकमा आवाज उठेपछि मन्त्री पण्डितलाई तनाब बढाइदिएको छ । समावेशी सिद्धान्तका आधारमा विज्ञापन निकाल्नुपर्नेमा त्यसो नगरेपछि मन्त्री पण्डितको चौतर्फी आलोचना हुँदै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…