• काठमाडौं। एक वर्षदेखि जिम्मेवारीविहीन रहेका नेकपाका केन्द्रीय सदस्यहरुको कार्य विभाजन र विभाग गठनका विषयमा दुई अध्यक्षहरुबीच सहमति भएको छ ।

    मंगलबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमा सहमति जुटेको उच्च स्रोतले जानकारी दिएको छ ।

    मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्ने र विभाग गठन गर्ने विषयमा सहमति जुटेको हो ।

    सहमति जुटेसँगै नेकपाको एकता प्रक्रियाले पूर्णता पाउने भएको छ । दुई अध्यक्षबीच भएको सहमतिलाई अब पार्टी सचिवालयको बैठक बसेर निर्णय गर्ने तथा स्थायी कमिटिको बैठकले अनुमोदन गर्ने जनाइएको छ ।

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गत वर्ष जेठमा पार्टी एकीकरण भए पनि एकीकरण प्रक्रियाले पूर्णता पाएको छैन । करिब ५ सय सदस्यी नेकपाको केन्द्रीय कमिटिमा रहेका नेताहरुले जिम्मेवारी नपाउँदा उनीहरु भूमिकाबिहीन हुँदै आएका छन् ।

    पार्टी एकीकरण प्रक्रियाले पूर्णता नपाउँदा सरकारको काममा समेत नकरात्मक प्रभाव परेको नेकपाकै नेताहरुले बताउने गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…