• काठमाडौं। सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारी टोलीबीच अनौपचारिक ‘वार्ता’ सुरु भएको छ । उनीहरुबीच छलफल सुरु भएकोले यसले छिट्टै औपचारिकता पाउने विश्वास गरिएको छ । सरकारले गठन गरेको वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले हिजो विप्लवका नेताहरुसँग अनौपचारिक छलफल भएको स्वीकारे ।

    ‘मिडियामा आएजस्तो औपचारिक वार्ता नै सुरु भएको भने होइन’ पाण्डेले डिसीनेपालसँग भने ‘तर हामीले वार्ताका लागि विश्वासको वातावरण बनाइरहेका छौं । पाण्डेले अहिले पनि आफू विप्लवका नेताहरुसँग निरन्तर सम्पर्कमा रहेको बताए । सहमति नै गर्नेगरी वार्ता सुरु नभए पनि छलफल सुरु भएकोले उनले यसले सकारात्मक सन्देश दिने विश्वस व्यक्त गरे ।

    केही मिडियामा सहमति नै हुने गरी वार्ता सुरु भएको समाचार आएकोले यसले समस्या पारेको उनको भनाइ थियो । ‘केही समाचारका कारण वार्ता नै भाँडिएलाजस्तो स्थिति समेत आयो’ उनले भने । पाण्डेले आफूले पुनः छलफल अगाडि बढाउन प्रयास गरिरहेको समेत जानकारी दिए ।

    सरकारी टोलीसँग विप्लवका नेताहरुको हिजो एकपटक छलफल भएको थियो । त्यसपछि आज गृहजिल्ला पाल्पामा तिनाउमा बनेको पुल उद्घाटन कार्यक्रममा पुगेका पाण्डे अहिले बुटवलमा छन् । उनले विप्लवका नेताहरुसँग छलफल गर्ने प्रयास गरिरहेको र उताबाट सकारात्मक सन्देश आएका छलफल अगाडि बढाइने जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…