• काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ‘हेल्थ फिजिकल एजुकेशन’ नामक पुस्तकमा मारबाडी समुदायलाई होच्याउने शब्दहरु प्रयोग गरिएको प्रति आपत्ति जनाएका छन् ।

    आज एक विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रिय सदस्य डा. कोइरालाले ‘हेल्थ फिजिकल एजुकेशन’ नामक पुस्तकमा मारबाडी समुदायलाई होच्याउने शब्दहरु प्रयोग गरिएको प्रति पाठ्यक्रम बिकास केन्द्रको पनी चरम लापरबाही देखिएको आरोप लगाएका छन् ।

    नेपालको संविधानले जातजाती, भाषा, धर्म तथा संस्कृतिका आधारमा कसैलाई पनि भेदभाव गर्न पाइँदैन भनेपनि ‘हेल्थ फिजिकल एजुकेशन’ मा माडवारी समुदायलाई होच्याइएको उनको जिकिर छ ।

    ‘काठमाडौंको एशियन पब्लिकेशनले प्रकाशन गरेको कक्षा ७ र ८ को ‘हेल्थ फिजिकल एजुकेशन’ नामक पुस्तकमा मारबाडी समुदायलाई होच्याउने शब्दहरु प्रयोग गरिएको कुराले गम्भिर बनाएको छ । यसमा पाठ्यक्रम विकास केन्द्रको पनि चरम लापरबाही देखिएको छ’, डा. कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    उनले कसैले पनि कुनै समुदायलाई अपमान गर्ने शब्दहरु प्रयोग गर्छ भने नेपाली कांग्रेसलाई कुनै पनि हालतमा स्विकार्य नहुने बताएका छन् । डा. कोइरालाले तत्कालै सरकारले यस प्रकाशन र पाठ्यक्रम विकास केन्द्रका पदाधिकारीहरुलाई कारबाही प्रक्रिया अगाडी बढाई उक्त पुस्तक बिक्रि बितरणमा तत्कालै रोक लगाईनु पर्ने माग गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…