३१ असार, मोरङ। मोरङको सुनवर्षी २ मा कुलो (पैनी) मा डुबेर १ बालिकाको मृत्यु भएको छ, एक जना वेपत्ता भएकी छन् ।
इलाम घर भएकी ७ वर्षीय कृति तामाङको मृत्यु भएको हो भने ११ वर्षकी सिर्जना तामाङ बेपत्ता भएकी छन् । उनीहरु दिदीबहिनी हुन् ।
हराएकी बालिकाको खोजी भइरहेको अमरदह प्रहरीचौकीका इन्चार्ज सुरेन्द्र थापाले जानकारी दिए । दुवैजना स्कुल छुट्टीको समयमा सुनवर्षी २ बाहुनडोवमा मामाघर आएका थिए ।
मध्यान्न १२ बजे मामाघरदेखि अमरदह जान साइकलमा हिँडेका दिदीबहिनी बाटोमा पर्ने कुलोमा साइकल चिप्लिएर खसेका थिए । लगातारको वर्षाका कारण कुलोमा अत्याधिक पानी रहेको छ ।