• चैत्र २८ गतेमा प्रदर्शन तय गरिएको चलचित्र 'प्रेम गीत ३'लाई दर्शकले एकदमै रुची राखेका छन् । नयाँ वर्ष २०७७ सालको अवसर पारेर चलचित्रले प्रदर्शनको तयारी गरेको हो । हाल निर्माण टिम चलचित्रमा एकपछि अर्को नयाँ तथा पुराना कलाकार भित्राऊदै छन् । यही क्रममा चलचित्र 'प्रेम गीत ३'का निर्माण टिमले ‘गीत’को भूमिकामा बालकलाकार समृद्धी शाही ठकुरीलाई फाइनल गरेको छ । केहि समय अघि 'गीत' बन्नको लागी आवेदन दिएका दुई हजार सात सय मध्येबाट उत्कृष्ट २५ मा पर्न सफल भएकी अमेरिकामा बसोबास गर्ने कृष्टिना गुरुङ फाइनल भएकी थिइन् । अब उनको बालापनको भूमिकालाई समृद्धी शाही ठकुरीले निभाउने भएकी छिन् ।

    चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा फाइनल भइसकेका छन् । चलचित्र 'प्रेम गीत ३' पहिलो र दोस्रो सिरिज भन्दा निकै ठुलो स्केलमा निर्माण हुने र नेपाली चलचित्र क्षेत्रकै एउटा उदाहरण बन्ने निर्माण टिमको विश्वास छ । चलचित्रमा शिवले राजा अर्थात् नायक प्रदिप (प्रेम)का बाबुको भूमिका निर्वाह गर्नेछन् भने छोराको भूमिकामा प्रदीप खड्का र मनिष राउत देखिनेछन् ।

    २ सय वर्ष पुरानो कथामा निर्माण हुने पिरियड ड्रामालाई छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका छन् । आसुसेन फिल्मस प्रोडक्सनको व्यानरबाट निर्माण हुने चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्नेछन् भने सन्तोष सेन र विजय चाम्लिङले मिलेर लगानी गर्ने भएका छन् । यसपाली पहिलो र दोश्रो संस्करण भन्दा निक्कै ठुलो स्केलमा चलचित्र निर्माण हुने र नेपाली चलचित्र क्षेत्रकै एउटा उदाहरण बन्ने विश्वास निर्माण टिमले लिएका छन् । चलचित्र ’प्रेमगीत ३’ नयाँ वर्ष २०७७ को अवसर पारेर चैत्र २८ गतेबाट प्रदर्शन हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…