• काठमाडौं, १ साउन । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको राष्ट्रिय जनता पार्टीसंग एकता गरेर अध्यक्ष बन्दै ठुलो पार्टीको अध्यक्ष बन्ने चाहनालाई महन्थ ठाकुरले लत्याइदिएका छन् ।

    पार्टी एकिकरणका लागि भएको अनौपचारिक छलफलमा ठाकुरले यादवलाई समाजवादी पार्टीको र राजपाको उद्धेश्य फरक भएकाले एकता हुन नसक्ने बताएर लत्याइदिएका हुन् ।

    उपप्रधानमन्त्रीसमेत रहेका यादवको मधेसी दलबाट उठेर राष्ट्रिय शक्ति हुने अभियानमा महन्थको यो अभिव्यक्तिले आघात हुन पुगेको छ ।

    अनौपचारिक गफगाफमै महन्थले भने, हिजो अशोक राईको पार्टीसँगको एकतामा पनि तपाईको राष्ट्रिय पार्टी वा शक्ति बन्ने मोहले काम गर्यो ।

    आज बाबुराम भट्टराईसँग जोडिँदा पनि तपाई त्यही दशामा हुनुहुन्छ । म त राष्ट्रिय पार्टी छाडेर पहिचानवादी क्षेत्रीय पार्टी बनाउन हिँडेको मान्छे । तपाईसँग के को पार्टी एकता ? तपाईको र मेरो उद्देश्य र बाटो नै फरक छ ।’

    महन्थलाई उपेन्द्रले अध्यक्ष दिने छाट नदेखेपछि एकताका लागि चासो नदेखाएका नेताहरु बताउँछन । कांग्रेसको केन्द्रीय पदाधिकारी (कोषाध्यक्ष), उपसभामुख र पटक पटक मन्त्री नै भइसकेका महन्थले उपेन्द्रको अण्डरमा पार्टीमा बस्न चाहेका छैनन् । भने, उपेन्द्रले अध्यक्ष छोड्न मान्दैनन् ।

    समाजवदाी पार्टीले एकीकरणपछि वार्ता समितिका केही सदस्य हेरफेर बाहेक अन्य कुनै प्रगति गर्न सकेको छैन । यादवले मुखले भनेकै भरमा एकता प्रक्रिया अघि बढिहाल्ने भन्ने पनि भएन । मूल कुरा राजपा ६ वटा दल मिलेर बनेको हो । त्यहाँ शीर्षस्थ ६ नेता छन् ।

    समाजवादी र राजपा दुवैतिरका नेता आफूहरु एकताको गृहकार्यमा लागिरहेको भनिरहेका छन् । तर, प्रगति कति भयो ? भनेर हेर्ने हो भने शून्य छ । आलोपालो नेतृत्व प्रणालीअनुसार अहिले राजपाको अध्यक्षमण्डलको संयोजक अनिल झा छन् ।

    उनका अनुसार समाजवादी पार्टीसँगको एकताको कुरा औपचारिक गफगफाभन्दा माथि गएको छैन । उनले भने, दुवैतर्फ वार्ता समिति बनेका छन् । तर, ती वार्ता समितिबाट यस्तो प्रगति भयो भनेर अहिलेसम्म कुनै जानकारी आएको छैन । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…