• उर्लाबारी । बक्राहा खोलाको कटानको चपेटामा परेको मोरङको उर्लाबारी–८ सन्थाल टोलमा बासको पाइलिङ गरी अस्थायी तटबन्धको काम भइरहेको छ ।
    मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) को पहलमा थालिएको बासको पाइलिङको काम प्रभावकारी बनेको हो । करिब २ सय मिटर क्षेत्रमा बासको पाइलिङ गरिसकेको युवा समाजसेबी नारायण बस्नेतको भनाई छ । खोलाले पाइलिङ हालिएको स्थानमा कटान गरेको छैन भने अन्य स्थानमा कटान तिब्र पारेको छ । उक्त स्थानमा पनि बासको पाइलिङ गरिरहेको उनको भनाई छ । उनले खोलाको च्यानल खन्न नसके पुन खोला मानव वस्तीमा पस्ने खतरा रहेकाले त्यसतर्फ ध्यान दिन सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।

    खोला मानव वस्तीमा पसेको खण्डमा उर्लाबारीसहित रतुवामाई नगरपालिकामा समेत ठूलो क्षति पु¥याउने उनले बताए । त्यस्तै, अर्का युवा समाजसेबी इन्द्र लामाले पनि तत्काल च्यानल खनेर खोलालाई मानव वस्तीतर्फ पस्न नदिन सबै पक्ष लाग्नु पर्ने बताए । त्यस्तै, बाढी पीडित जेठामणि सतारले बर्षेनी खोलाको समस्या खेप्दै आएपनि स्थायी तटबन्धका लागि पहलकदमी नभएको गुनासो गरे । उनले स्थायी तटबन्धका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले ध्यान दिनु पर्नेमा जोड दिए । बक्राहा खोलामा आएको बाढीका कारण उर्लाबारी–८ सन्थाल टोलमा ६ परिवार विस्थापित बनेका छन् । उनीहरु स्थानीय बहादुर बाबा चौधरी आधारभूत विद्यालयमा बसिरेहका छन् ।

    त्यस्तै, सोही स्थानका बाढी पीडितहरुलाई उर्लाबारी नगरपालिकाले सिलिण्डरसहित ग्याँस चुलो वितरण गरेको छ ।
    उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, उर्लाबारी वडा नं. ८ का सदस्य लक्ष्मी ढुंगाना, अग्नि सुब्बालगायतले पीडितलाई सिलिण्डरसहित ग्याँस चुलो वितरण गरेका हुन् । मेयर फागोले बाढी पीडितहरुलाई नगरपालिकाको तर्फबाट खाद्यान्यसमेत सहयोग गरिरहेको बताएका छन् । यसअघि उर्लाबारी नगरपालिका वडा नं. ७ की ममता राना र सिता राईले चामल, दाल, नुन र तेल वितरण गरेका थिए । त्यस्तै, इसाई समाज उर्लाबारीले पनि राहात वितरण गरेको छ । बाढी पीडितलाई चामल सहित खाद्यन्यका समाग्री चाउचाउ नुनतेल, ओछ्याउनका लागि फर्म वितरण गरेको कार्यक्रम संयोजक विश्वास पोमुले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…