• काठमाडौँ । चर्चित लोक दोहोरी गायक बद्री पंगेनी विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौमा उजुरी परेको छ ।

    पंगेनी सहितको समूहले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गर्दै आज प्रशासन कार्यालयमा उजुरी परेको हो ।

    पंगेनीसहितको समूहले संचालन गर्दै आइरहेको दोहोरी साँझबाट लिनु पर्ने रकम माग्दा ज्यान मार्ने धम्की दिएको व्यवसायी निमा दोर्ची शेर्पाले दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ ।

    उनको दोहोरी साँझमा राखिएको फर्निचर र नयाँ डेकोरेशन बापतको ५५ लाख रुपैया नतिरेर लामोसमयदेखि झुलाएको शेर्पाले बताएका छन् ।

    रकम माग्न जाँदा रकम दिनुको सट्टामा मार्ने असुरक्षा महशुष गर्नु परेको शेर्पाले आफन्तहरुसँग बताउने गरेका छन् । उनीहरूको धम्कीका कारण आफु मानसिक तनावमा परेको उनको भनाई छ ।

    काठमाडौंको सीतापाईला निवासी शेर्पाले आफूलाई पंगेनीसहितको तीन जनाको समूहले ज्यान मार्ने धम्की दिएको भन्दै साउन १ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बबहरमहलमा उजुरी दिएका हुन् ।

    गायक पंगेनीसँगै उनको दोहोरी साँझका व्यवसायीक साझेदारद्धय विजय सिंह र सुवास अधिकारी विरुद्ध पनि शेर्पाले उजुरी दिएका हुन् ।

    शेर्पाले सञ्चालन गरेको श्रृष्टि फर्निचरबाट उनीहरुले करीव ५५ लाख रुपियाँ बराबरको डेकोरेशन गराएका थिए ।
    गायक पंगेनी र उनका साझेदारहरूले सरकार र प्रहरी आफ्नो पक्षमा भएकाले तिमिले केही गर्न सक्दैनौ भन्दै धम्क्याउने गरेको शेर्पाको आशय छ ।

    गत निर्वाचनका बेला ‘मैपनि एमाले‘’ बोलको गीत गाएर एमालेको पक्षमा भोट माग्दै हिडेका पंगेनीले अरुलाई पनि सत्ताको घमण्ड देखाउने गरेको पिडितहरुले बताउने गरेका छन् ।

    पंगेनीले घमण्ड देखाउदै पटक पटक धम्की दिएपछि आफु बाध्य भएर प्रशासनमा जान परेको शेर्पाले बताएका छन् ।

    गायक पंगेनी यसअघि ठिक दुई बर्ष अगाडी पनि जुवाको खालबाट प्रहरीले पक्राउ गरेपछि विवादमा परेका थिए ।
    लोकदोहोरी गित प्रतिष्ठानका अध्यक्ष समेत पंगेनी त्यतिबेला काठमाडौंको बाँसबारी क्षेत्रबाट पक्राउ परेका थिए । जुवा खेलिरहेका बेला गायक पंगेनीसहित ११ जना पक्राउ परेका हुन् ।

    गायन क्षेत्रमा लोकप्रिय रहेका पंगेनी बेला बेलामा अनेक विवादमा पर्ने गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…