लेटाङ । लेटाङ नगरपालिकाको ५ औ नगरसभाले ५० करोड ८६ लाख ५७ हजार रुपैयाँको बजेट पास गरेको छ । नगरप्रमुख शंकर राईको अध्यक्षता वसेको नगरसभाको खुल्ला सत्रमा प्रस्तुत गरिएको वजेटलाई बन्दसत्रमा बहुमतले पारित गरेको हो ।
नगरसभाले चालु खर्च अठ्ठाईस करोड त्रिहत्तर लाख बहत्तर हजार पाँचसय र पूँजिगत खर्च बाईस करोड बाह्र लाख चौरासी हजार पाँचसय रुपैया छुट्याएको छ ।
नगरसभामा प्रमुख अतिथि रहनुभएका पूर्व प्रधानपञ्च निरविक्रम किँरातीले नगरको बजेट अग्रगामी भएको प्रतिक्रिया दिनुभयो । उहाँले नगरसभा बहिस्कार गरेका नेकपा तर्फका जनप्रतिनीधिहरुलाई बार्ताको माध्यम बाट समस्या समाधान गर्न सुझाव दिनुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथि समाजसेवी ईश्वरी कोईरालाले बजेटमा कृषि तथा पशुपालनमा धेरै कार्यक्रम ल्याउन जरुरी रहेको औल्याउनुभयो ।