• पथरी । मोरङ्गको पथरी वजारमा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । १६ जना गम्भिर घाइते भएका छन् । पथरी वजारको पश्चिम पथरीखोला नजिकै भएको दुर्घटनामा मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन् । पुर्व वाट पश्चिम जादै गरेको मे १ च ५३९१ नम्वरको पिकअप लाई जोगाउन खोज्दा कानेपोखरीवाट काकडभिट्टा जादै गरेको को १ ख ४८४२ नम्वरको वस विच सडकमा पल्टिएको थियो ।

    पथरी प्रहरीका अनुसार सो वसमा यात्रारत मोरङ्ग उर्लावारीकी १३ वर्षीय अस्मिता खतिवडा, वर्ष ६ कि अविना खतिवडा, दमक कि १३ वर्षिय प्रविना भटराई, उर्लावारी ५ का इन्द्रमाया गुरुङ्ग, अर्जुनधारा झापाका अभिषेक कार्की, कानेपोखरी ३ का चित्र दहाल, सोहि ठाउका श्रवण दहाल, सोहि ठाउका निर्मल गिरी, श्याम कार्की, टिकाराम थापा, मदन कुमारी चापागाँइ, सुकदेव धिमाल, जिवन वराइली, प्रेम कार्की रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार केहि घाइतेलाई विराटनगर स्थीत नोवल मेडिकल कलेजमा लगिएको छ ।

    ग्रामीण भेगवाट संचालन हुने सो यात्रुवाहक वसमा बालबालिका वृद्ध र महिला वढी रहेको प्रहरीले जनाएको छ । वसमा ३५ भन्दा वढि यात्रु रहेको प्रहरीको भनाइ छ । पिकअपमा भने चालक मात्र रहेको र चालक पनि गम्भिर घाइते भएका छन् । उनको पहिचान खुल्न सकेको छैन् ।

    https://www.youtube.com/watch?v=9hrQjzgF9es&feature=youtu.be&fbclid=IwAR3w7xoQR8Cl1U0NIuT8Ou_Brf4WtDTKMuEMl5mgQJUKHAUbm6S68A5MZuc

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…