• सुनसरी: सर्पले डसेको बालकलाई समयमै उपचार गराउन अस्पताल नलगेर झारफुँक गराउन लैजादा इटहरीमा ती बालकले ज्यान गुमाएका छन् ।

    इटहरी ११ भुसकलुवाका १२ बर्षीय समीर ऋषीदेवको ज्यान गएको हो । उनलाई विहान सबेरै ओछयानमा सुतिरहेकै बेला सर्पले डसेको थियो । अविभावकले केही समय पछि झारझुक गराउन लगे । झारझुक गर्ने ब्यक्तिले तुरुन्त अस्पताल लैजान सल्लाह दिए । त्यसपछि उपचार गराउन पूर्वी पृतना हेडक्वाटरस्थित सर्पदंश उपचार केन्द्र पुरयाउदा ढिलो भइसकेको थियो । उनको उपचारकै क्रममा ज्यान गयो ।

    उनका वुवा टोलाई ऋषीदेवको घरायसी अवस्था अत्यन्तै नाजुक भएकाले अन्तिम संस्कार गराउन पनि समस्या भएको खवर पाएपछि इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम घरमै पुगेर आफूले र त्यही वडाका जनप्रतिनिधिवाट खर्चको ब्यवस्था गरिदिएको बताइन् । इटहरी उपमहानगरको तर्फवाट अन्तेष्ठिका लागि कोशी पुरयाउने सवारी साधनको ब्यवस्था गरिएको उपमेयर गौतमले जानकारी दिइन् । वाढीपछि सर्पको विगविगी बढेको छ । यस्तो बेला सचेत रहन र सर्पले डसिहाले तुरुन्त सर्पदंश उपचार केन्द्र लैजान उपमहानगरपालिकाले आग्रह गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…