लेटाङ । सामाजिक काममा क्रियाशिल युवा राममणी बरालले खेलाडीहरुलाई खेलकुदका समाग्री सहयोग गरेका छन् ।
लाफा क्लबका खेलाडीहरुलाइ खेलकुदमा थप हौसला प्रदान गर्न क्लबका सल्लाहकार संयोजक बरालले ब्याक्तिगत रुपमा आज फुटबल र भलिबल का विभिन्न खेलकुदसामाग्री सहयोग गरेका हुन् ।
क्लबका अध्यक्ष सन्तोष मगर र सचिब नवीन पिठाकोटे लाई संयुक्त रुपमा बरालले सो खेलकुद समाग्री हस्तान्तरण गरे । बरालले लामो समय देखि लाफा क्लबको खेलकुद बिकासका निम्ती योगदान पुर्याएको भन्दै लाफा क्लबका अध्यक्ष सन्तोष एक्चाइ मगरले धन्यवाद ज्ञापन गरे ।