• दीप खादी लिम्बु
    क्वालालम्पुर,साउन-२

    मलेशियाको गृह मंत्रालयले अवैध आप्रवासिहरुको लागि अर्को आममाफी कार्यक्रम घोषणा गरेको छ। जुन वर्षको अन्त्य सम्म अज्ञात विदेशी कामदारहरुलाई फर्काउन को लागी संचालन हुने छ।आप्रबाशन मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री तान श्री मुहियिद्दीन यासीनले "गो ब्याक फर गुड" भनिने नयाँ आममाफी कार्यक्रम १ अगस्ट देखि ३१ डिसेम्बर सम्म संचालित हुने बताएका हुन।

    यासिनका अनुसार जो अबैधानी रुपमा मलेशिया बसेर काम गरिरहेका छन। तिनीहरूलाई स्वैच्छिक रुपमा आएर आत्मसमर्पण गरे आर.एम ७०० सय जरिवाना तिरेर स्वदेश फर्किन सक्ने जानकारी दिए। उक्त कार्यक्रम मार्फत स्वदेश फर्किन आवस्यक पर्ने कागजातहरू एकतर्फी यात्रा अनुमती पत्र सम्बन्धित देशका कुटनैतिक नियोग(दूतावासहरु)बाट सिफारिस लिएर घर फर्किन सक्ने छन।

    साथै यात्रा अनुमती पत्र जारी भएको मितिले सात दिन भित्र आफ्नो देशमा फर्की सक्नु पर्ने प्राबधान रहेको छ।भने अघिल्लो कार्यक्रमहरु जस्तो अबैधानिक कामदारहरुका लागि निरन्तर पुन आममाफी कार्यक्रम सरकारले नल्याउने र यो नै अन्तिम कार्यक्रम रहेको जानकारी समेत गराए।

    अघिल्लो कार्यक्रमहरू प्रभावकारी भए पनि सबै अबैधानिक आप्रबाशी कामदारहरु
    नफर्किएको तर्क समेत गरे। मलेशियामा अवैध आप्रवासीहरूको संख्या अझै ठूलो रहेको सन्चार माध्यमहरु लाई बताएका छन। मन्त्री यासिनले कार्यक्रममा बोल्दै भने त्यसैले हामी तिनीहरूलाई आफ्नै देशमा फर्किने अन्तिम मौका दिन चाहन्छौं।

    यो अन्तिम पल्टको आममाफी कार्यक्रम अन्तर्गत अबैधानिक आप्रबाशीहरु नफर्किए"नयाँ वर्ष सुरु भएपछि,रोजगारदाताहरु माथी पनि कडाइका साथ कानूनको पूर्ण कार्यन्वयनको लागि कारबाही गरिने समेत बताएका छन।भने मुह्यादीनले लगभग २०० कर्माचारीहरु लाई ८० ओटा काउन्टरहरुमा घरफिर्ती प्रक्रिया लाई सहज बनाउन खटाइने तयारी रहेको बताएका हुन।

    स्मरण रहोस यो भन्दा पहिले अघिल्लो बर्ष २०१४ अगस्टनै अन्तिम आममाफी कार्यक्रम भनिएको थियो।जुन कार्यक्रम ३+१ आममाफी नामक कार्यक्रम हो। जस बाट लगभग ८ लाख ४० हजार अबैधानिक कामदारहरु स्वदेश फर्किएको मन्त्रीको भनाई लाई उदृत गर्दै द सन स्टारले समाचार लेखेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…