• काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले रुपन्देहीमा भगवान गौतम बुद्धको मूर्ति तोडफोड घटनाको छानविन भइरहेको बताएका छन्। छानविनपछि घटना कसले किन गरायो भन्ने कुरा खुल्दै जाने उनको भनाई छ।

    बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँस्काटाले एक ठाउँमा बुद्धको मूर्ति तोडफोड हुँदैमा धार्मिक सहिष्णुतामा खलल नपुग्ने पनि दाबी गरे। ‘यसलाई अहिले नै धार्मिक सहिष्णुतासँग जोडेर प्रश्न उठाउन आवश्यक छैन’, उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक तथा १० वटा भन्दा बढी धर्म सम्प्रदाय नेपालमा छन्। तिनका हजारौं, चैत्य गुठी, मठमन्दिर छन्। त्यो एउटा घटनालाई लिएर त्यो कमजोर कडीमा हाम्रो सहिष्णुता खलल हुन्छ भन्ने ठान्नु हुँदैन। त्यो सम्भव छैन।’

    अपराध कसले किन गर्यो भन्ने केही समयपछि खुल्दै जाने भन्दै मन्त्री बाँस्कोटाले थपे, ‘बद्मासी कसले किन गरेको भन्नेबारे सम्बन्धित निकायले छानविन गरिरहेको छ।’

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका बुद्धको मूर्तिहरु तोडफोड गरेको घटनाप्रति यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ध्यानाकर्षण जनाउँदै धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा घटना घटाइएको टिप्पणी गरेको थियो। साथै घटनाको छानविन गरी दोषीलाई यथाशिघ्र कानुनी कारवाही पनि माग गरेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…