• वडाध्यक्षको दुर्घटनामा मृत्यु

    वडाध्यक्षको दुर्घटनामा मृत्यु 

    घटना बिहीवार करिब साँझ ५ बजे भएको प्रहरीले जनाएको छ ।

    बैतडी : बैतडीको सुर्नया गाउँपालिका वडा नं १ का वडाध्यक्ष कलशबहादुर चन्दको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

    सतबाँझबाट खोचलेकतर्फ जाँदै गरेका अध्यक्ष चन्दको सवारी दुर्घटनामा मृत्यु भएको हो । उनी चढेको से १ प १११४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आएको म २ प ६६३३ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।

    सुर्नया गाउँपालिका वडा नं २ सिन्केलेकमा मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनापछि वडाध्यक्ष चन्द गम्भीर घाइते भएका थिए । उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चन्दलाई मृत घोषणा गरिएको हो ।

    घटना बिहीवार करिब साँझ ५ बजे भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चन्द्र सिंह ऐरको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । उनी अर्को मोटरसाइकलमा सवार थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…