• रातोकलम । कम्युनिस्टको लाल किल्ला भनेर चिनिएको झापा झापा क्षेत्र नं ५ मा पर्ने गौरादह नगरपालिकामा अप्रत्याशित रुपमा काङ्ग्रेसका रोहित कुमार शाह नगरप्रमुखका रुपमा निर्बाचित भए ।

    गौरादहमा उनको उदय फगत नेपाली काङ्ग्रेसको लोकप्रियताका कारण थिएन। समग्रमा उनको आचरण, समभाव र उनले कमाएको सामाजिक ख्यातीको नतिजा थियो त्यो।

    गौरादहका जनताले उनलाई आशले भन्दा पनि विश्वासले भोट दिएका थिए। तर आजका दिन सम्म आईपुग्दा उनिबाट गौरादहका जनताले एउटै कुरा प्राप्त गरे, त्यो हो बिश्वासघात।

    बिश्वासघात यो मानेमा कि जनचासोका बिषयमा कुनै सम्झना योग्य कार्य भएका छैनन् । सडक ग्राभेल अथवा कालो पत्रे हुँदै गरेको देखाएर `लु हेर गौरादहको बिकास हुदैछ´ कसैले भन्छ भने त्यो केवल भ्रम हो। त्यो समयले गराएको बिकास हो।

    जन निर्बाचित स्थानीय सरकार हुँदै गर्दा किन कुनै पनि `डेभलपमेन्टल स्टन्ट´ हुने खालका बिकास भएका छैनन् ? भ्रष्ट कर्मचारीको जन्मकुन्डली मिडियामा आईसक्दा समेत कतिन्जेल काखी च्यापिरह्नने?

    गौरादह नगरपालिका भित्रका बेतिथीका फेहरिस्ति सबै जनतामाझ आईसकेको छ। त्यसलाई किन निर्मुल पार्न सकिदैन ?

    नगरप्रमुखका हैसियतमा जनताले त्यो कुर्सीमा बसाएका छ्न। काम गर्न बाधा गर्ने तत्त्वको भण्डाफोर गर्न केले रोकेको छ? कसले छेकेको छ? जनतमाझ आएर सबै कुरा भनिदिदा अर्को पटक चुनाव हारिन्छ र?

    गौरादहमा काङ्ग्रेस पार्टीमा `थिंक ट्याक´ को कमि भएकै हो त? नगरप्रमुखलाई `गाईड´ गर्न काङ्ग्रेस किन चुकिरहेको छ?

    शाह कप्तान हुन् भने कोच उनको माउ पार्टी नेपाली काङ्ग्रेस हो। जसरी फुटबल खेलमा हार र जीतको नतिजा कोच र कप्तान को ` स्ट्राटिजी ´ मा निर्भर गर्छ त्यसरी नै कुनै कार्यालयका काममा सफलता पाउन त्यस कार्यालयका प्रमुखको नीतिले काम गर्छ । कि अनावश्यक मेयरमा जितेको भन्दै भित्तामा टाउको बजारिरहने ? कि बहुमतको चपेटामा मणि बिनाको सर्प झै लट्टिरहने ?

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…