• काठमाडौं– नेत्र विक्रम चन्द्र विप्लव समूहले कैलाली बम विस्फोटको घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको दाबी गरेको छ।
    सञ्चारमाध्यममा घटनामा विप्लव समूहको हात रहेको आशंकासहितको समाचार आएको अवस्थामा विप्लव समूहले यस्तो दाबी गरेको हो ।

    नेकपा कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले कैलाली विष्फोटको घटनामा नेकपाको कुनै संलग्नता नरहेको दाबी गरे ।
    उनले भनेका छन्, ‘कहीँ विस्फोट तथा आतंक हुँदा सिधै हाम्रो पार्टीको नाम जोड्ने र बदनाम गर्ने सरकारो नीति छ । अनावश्यक रूपमा हामीलाई मुछेर बदनाम गर्ने सरकारको नीति बन्द गरियोस् ।’
    विस्फोट गराउने नीति आफ्नो पार्टीको नभएको पनि उनले बताए ।
    धनगढीमा बिहीबार बेलुका बम बिस्फोट हुँदा ५ जना गम्भीर घाइते भएका थिए । धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको हो ।

     

    बम विष्फोटमा परी होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

    धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको उनीहरुको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले जनाए । घाइतेको शरीरको अधिकांश भाग जलेको जनाइएको छ । लोकान्तरलाई प्राप्त तस्बिरमा पनि उनीहरुको शरीका अधिकांश जलेको देख्न सकिन्छ । तस्बिरले नै बम विस्फोट निकै शक्तिशाली रहेको जनाउँछ ।

    त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…