•  

    काठमाडौं : नइ प्रकाशनले समाजसेवीद्वय भागीरथा प्रसाई र विष्णुभक्त प्रसाईका सम्मानमा नइ भावी पुरस्कार स्थापना गरेको छ।
    एक लाख रुपैयाँ राशिको पुरस्कार विज्ञान तथा प्रविधि क्षेत्रमा उत्कृष्ट योगदान दिने एकजना प्रसिद्ध व्यक्तित्वलाई ताम्रपत्रका साथ हरेक वर्ष प्रदान गरिने छ।

    विष्णुभक्त प्रसाईले नइ प्रकाशनको अक्षयकोषका लागि १२ लाख रुपैयाँ प्रदान गरेका छन्। प्रसाईले २०१६ सालमा तेह्रथुमको आठराई संक्रान्ति बजारमा सर्वप्रथम कम्युनिस्ट पार्टीको झन्डा गाड्नुभएको थियो।

    झापा आन्दोलनका प्रमुख पात्र मध्येका शिवप्रसाद शिवाकोटी र रामनाथ दाहालको सहयोगीका रूपमा उनले काम गरेका थिए। नइ प्रकाशनमा २९ वटा पुरस्कार छन्। यस संस्थाको अक्षयकोषमा दुई करोड पैंतालीस लाख रुपैयाँ छ। नई प्रकाशन सामुदायिक रूपमा परिचालित गैरराजनीतिक संस्था हो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…