• पार्टी भित्रका विभागिय नेतृत्व टुङ्गो लाग्यो को–को भए प्रदेश १ का १४ जिल्लामा नेकपाका इन्चार्ज र सहइन्चार्ज ?

    सत्तारुढ पार्टी नेकपामा पार्टी एकिरणको प्रकृया चलिरहँदा पार्टी भित्रका विभागको नेतृत्व टुङ्गो लागेको छ । मोरङको इन्चार्जमा कुलप्रसाद साम्वा (पूर्वमाओवादी केन्द्र) । सहइन्चार्ज डा. शिवमाया तुम्बाहाम्फे लाई तोकिएको छ । उनी उपसभामुख छिन् । मोरङमा यसअघि नै रूपनारायण श्रेष्ठ केन्द्रीय सदस्यबाट निष्कासन गरिसकिएको छ भने जिल्ला अध्यक्ष बनाइएका विनोद ढकालले पनि जिल्ला अध्यक्षबाट राजीनामा दिइसकेका छन् । सुनसरीमा पूर्व एमालेबाट इन्जार्च तोकिएको छ भने पूर्व माओवादीबाट सहइन्जार्च तोकिएको हो । नेकपा सुनसरीको इन्चार्जमा पूर्व एमालेका सांसद धर्म निरौला तोकिएका छन भने सहइन्चार्जमा पूर्व माओवादीकी नेतृ तथा कृषि राज्यमन्त्री रामकुमारी चौधरी चयन भएका छन ।

    ताप्लेजुङमा इन्चार्ज भाष्कर काफ्ले (पूर्वएमाले) सहइन्चार्ज खेलप्रसाद बुढाथोकी (पूर्वमाओवादी केन्द्र),पाँचथर इन्चार्ज हर्क नेम्वाङ ‘मिक्सो’ (पूर्वमाओवादी केन्द्र) सहइन्चार्ज डम्बरसिंह सम्बाहाम्फे (पूर्वएमाले) इलाम इन्चार्ज हर्क लावती (पूर्वमाओवादी केन्द्र) सहइन्चार्ज हिक्मत कार्की (पूर्वएमाले) झापा इन्चार्ज झलकसिंह दर्लामी (पूर्वमाओवादी केन्द्र) सहइन्चार्ज रवीन कोइराला (पूर्वएमाले) तोकिएको छ ।

    यसैगरी धनकुटामा इन्चार्ज गणेश किराती (पूर्वमाओवादी केन्द्र) सहइन्चार्ज महिन लिम्बू (सुब्बा) (पूर्वएमाले) (दिवंगत) तेह्रथुम इन्चार्ज दुर्गा चापागाई (पूर्वमाओवादी केन्द्र) सहइन्चार्ज जयन्ती राई (पूर्वएमाले) संखुवासभा इन्चार्ज रपुप्रसाद राई देवान (पूर्वमाओवादी केन्द्र) सहइन्चार्ज राजेन्द्रकुमार राई (पूर्वएमाले) भोजपुर इन्चार्ज सुदन किराती (पूर्वमाओवादी केन्द्र) सहइन्चार्ज जयन्ती राई खोटाङ इन्चार्ज विशाल भट्टराई सहइन्चार्ज ध्रुव बुढाथोकी ‘धिरण’ (पूर्वमाओवादी केन्द्र) ओखलढुङ्गा इन्चार्ज यज्ञराज सुनुवार (पूर्वएमाले) सहइन्चार्ज बाबुराम गौतम (पूर्वमाओवादी केन्द्र) सोलुखुम्बु इन्चार्ज हेमकुमार राई (पूर्वमाओवादी केन्द्र) सहइन्चार्ज किशोर अधिकारी (पूर्वएमाले) उपदयपुर इन्चार्ज बलदेव चौधरी (पूर्वएमाले) सहइन्चार्ज मोहन खत्री ‘हेनरी’ (पूर्वमाओवादी केन्द्र) लाई तोकिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…