• ३ साउन, काठमाडौं । बाजुराको फिलुचौरबाट कालीकोटको जितेगडा जाँदै गरेको जीप दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइते छन् ।

    क १ ज २१ नम्बरको जीप बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा शुक्रबार बिहान ८ः३० बजे दुर्घटना भएको हो ।

    दुर्घटनामा टीकापुर नगरपालिका–४ का २६ वर्षीय रमेश बोगटी र खत्याड गाउँपालिका–६, मुगुका २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी उद्धवसिंह भाटले जानकारी दिए ।

    बोगटी जिपका चालक हुन् ।

    चालकसहित १५ जना सवार जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । यीमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

    डीएसपी सिंहका अनुसार, गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर मगाइएको छ । अन्य घाइतेको भने कोल्टी स्वास्थ्य केन्द्रमा नै उपचार भइरहेको छ ।

    जीप सडकबाट तल खसेको छ । कमजोर सडक संरचनाका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान भए पनि खुलिनसकेको डीएसपी सिंहले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…