• काठमाडौं, ३ साउन । सुन्दा पनि अचम्म लाग्ने हेर्दा त घिन लाग्ने । प्रतिष्ठा कमाएका चर्चितहरु नै नेपाली भूमिमा कालो धन भित्र्याएर सामाजिक सेवा र व्यवसाय गरेका छन् भन्दा पत्याउन गाह्रो होला तर यो सत्य हो ।

    चर्चित गायिक आनी छोइङ डोल्मा र चर्चित व्यवसायी सूर्य बहादुर केसीले अबैध सम्पत्ती र कालोधन प्रयोग गरिरहेको भेटिएको छ ।

    चर्चित गायिका आनी छोइङ डोल्मा र चर्चित व्यवसायी एबं कांग्रेस सभासद सूर्य बहादुर केसीको कालो धन छानबीनको घेराउनमा पुगेको छ ।

    सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष एवं चर्चित व्यवसायी सूर्य बहादुर केसी विरुद्ध केही दिन भित्रै मुद्दा दर्ता गर्ने तयारी गरेको भेटिएको छ भने चर्चित गायिका आनीले मेगा बैंकबाट भित्र्याउन खोलीएको १६ करोड कालोधन बारे छानबीन अन्तिम चरणमा पुगेको विभागले राजतिलक साप्ताहिकसंग बताएको छ । उनी बिरुद्ध पनि निकट भविष्यमा मुद्दा दर्ता गर्ने विभागको उच्च स्रोतको दाबी छ ।

    अब हामी गायिका आनी छोइङ डोल्माको स्रोत नखुलेको ‘शंकास्पद’ पैसाको ‘क्रस बोडर–अन्तर देशीय’ अनुसन्धान शुरु गरेका छौं । बैंकिङ प्रणालीबाटै विदेशबाट ल्याइएको पैसाको स्रोत नखुलेपछि मेगा बैंक नेपालले अहिले आनीको पैसा रोक्का राखिरहेको त छ । तर, बैंक नेतृत्व नै शंकाको घेराउमा छ नि । ती अधिकारले थपे ।

    कालोधनको अनुसन्धान गर्ने निकाय सम्पति शुद्धिकरण विभागले हङकङका सरकारी अधिकारीहरुको सहयोग लिएर अनुसन्धान गर्ने भए पछि मेगा बैंकको उच्च नेतृत्व फस्ने आशंका देखिन्छ ।

    उनीले थपे हामीले पैसा पठाउने स्रोतसम्मै पुगेर अनुसन्धान गर्न हङकङका सरकारी अधिकारीहरुसँग सहयोग मागेका छौं नि ।

    मेगा बैंकले पटक-पटक भुक्तानी दिएर गलत काम ग¥यो । आनीले असल नियतले नै पैसा ल्याएको भएपनि कानुन र प्रकृया विपरित आएको उनीले थपे । हङकङसँग सहयोग लिन भने नेपाललाई सजिलो छैन।

    सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धमा अनुसन्धान गर्ने प्रमुख निकायको रुपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काम गर्छ। यस्तै काम गर्ने निकायहरु अरु देशमा पनि छन् ।

    अरु देशसँग पारस्परिक सहयोग लिन दुई पक्षीय सम्झौता भएको हुनु पर्छ । नेपालको हङ्कङसँग सम्झौता नभएकाले सोझै अन्तर देशीय अनुसन्धान गर्न भने गाह्रो रहेको विभागका एक अधिकृतले बताए ।

    आनीले हङकङको ’एसेट म्यानेजमेन्ट कम्पनी’ मा कार्यरत एक ब्यक्तिबाट १५ लाख डलर (विनिमय दर ११० रुपैयाँका हिसाबले साढे १६ करोड रुपैयाँ) नेपाल ल्याएकी थिइन्। बैंकमा आनीका नाममा एकै पटक ठूलो रकम आएपछि त्यसलाई शंकास्पद भन्दै मेगाले राष्ट्र बैंकलाई सूचना दिएको थियो ।

    आनीले एक बर्षअघि नै यो पैसा मेगा बैंकबाट नेपाल भित्र्याएकी थिइन । उच्च राजनीतिक तथा सरकारी तह, राष्ट्र बैंककै वहालवाला तथा पूर्व वरिष्ठ अधिकृतहरुले यो पैसा जसरी पनि खुलाउनु पर्ने भन्दै दबाब बनाएका कारण अनुसन्धान अगाडि बढ्न सकेको थिए ।

    यसैबीचमा साना रकम भने मेगा बैंकले आनीलाई भुक्तानी गरेको देखिन्छ । हो भनि हामीले सीइओ अनुपमा खुञ्जेलीसंग प्रतिक्रिया माग्दा उनीले भनिन्ः– ३ पटक पैसा आएको हो । सबै रोक्का छ । शंका लागेका कारण हामीले पैसा नदिएको चाहि सत्य हो ।

    पैसा रोकिएपछि आनीले प्रधानमन्त्री केपी ओलीको ’तुइन विस्थापन कार्यक्रम’लाई एक करोड रुपैयाँ दिने घोषणा गरेकी थिइन्। यो कार्यक्रमको फाइलमा ओलीले पहिलो पटक प्रधानमन्त्री भएर सिंहदरवार छिर्दा्छिर्दै हस्ताक्षर गरेका थिए।

    दुई बर्ष्भित्र तुइन विस्थापित गर्ने उद्देश्य थियो। ओली दोस्रो पटक प्रधानमन्त्री भएर आउँदा पनि तुइन विस्थापित भएको थिएन। नेपाल टेलिभिजनबाट प्रसारण हुने ’जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा आनीले ओलीलाई एक करोड रुपैयाँ हस्तान्तरण गरेकी थिइन् ।

    तर, पैसा अझै नपाएपछि उनीले पैसा मेगा बैंकमा अड्किएको प्रधानमन्त्रीलाई बताएकी थिइन । राष्ट्र बैंकमै रहे पनि वित्तीय जानकारी इकाइ स्वायत्त संस्था हो। बैंकले पठाएको ’सस्पिसिएस ट्रान्जेक्सन रिपोर्ट (एसटिआर)’ लाई इकाइले शुद्धिकरण विभाग पठाइदिएको थियो।

    यसमा राष्ट्र बैंकका कुनै पनि विभाग तथा अधिकारीहरु प्रत्यक्ष संलग्न हुन पाउँदैनन्। तर आनीको पैसा छुटाउन भने विदेशी विनिमय विभागका उच्च पदस्थ अधिकारीहरु नै लागिपरेको देखिन्छ । यो उचित कार्य भने होइन ।

    इकाइले अनुसन्धानका लागि गरेको सिफारिसमा शुद्धिकरण विभागले काम थालेपछि बल्ल यी सबै घटना विवरणहरु सार्वजनिक भएका छन् । विभाग स्रोतका अनुसार, यो मुद्दा मिलाउनका लागि थुप्रै आर्थिक चलखेल भएको छ । तर, हामी अनुसन्धान गरेर नै छाड्नै छौं ।

    भित्रभित्रै दबाउने प्रयास धेरै भएको थियो तर अनुसन्धानको चरणमा पुगेकाले गाह्रो भएको छ । एक उच्च अधिकारीले भनेः– यो पैसा फुकुवा गर्न प्रधानमन्त्री ओलीदेखि राष्ट्र बैंकका डिपुटी गर्भनर र उच्च कर्मचारीहरु समेत लागिपरेका छन् । भने मेगा बैंकलाई चर्को दबाब दिईको अवस्था पनि छ ।

    उनका अनुसार शंकास्पद भनेर रिपोर्ट भइसकेको पैसामा अनुसन्धान नै गर्न हुँदैन भन्ने पक्षमा ‘शक्तिशाली’हरु थिए । विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गतकै निकाय हो । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि अर्थमन्त्रालय मातहत रहेको विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याएका थिए ।

    यी र यस्तै घटनाको उपाय खोज्न ती अधिकृतले दाबी गरे । आनीले करिव ४० करोड रुपैयाँ भित्र्याउन राष्ट्र बैंक र उद्योग विभागबाट स्वीकृति लिइसकेको केन्द्रीय बैंक स्रोतले जानकारी दियो।

    होटलका लागि पनि ब्यक्तिगत स्रोतबाट पैसा ल्याउन लागेको आनीले बुझाएको विवरणमा उल्लेख छ । उनको विवरण हामीसंग सुरक्षीत छ । मेगा बैंकले ’फ्रिज’ गरिदिएको साढे १६ करोड रुपैयाँ आनीले रेमिटेन्सको रुपमा भित्र्याउन खोजेकी देखिन्छ ।

    जबकी मेगा बैंकले रकम फ्रिज गर्नु केही महिनाअघि मात्रै आनीलाई राम्रो ग्राहक भन्दै सम्मान गरेको पनि देखिएको छ । यसले प्रस्टै छ कि छानविनमा को को संलग्नता छ भनेर ती अधिकृतले थपे ।

    मेगा बैंकमा ‘फ्रिज’ भएको साढे १६ करोड रुपैयाँ फुकुवा गर्न उनले राष्ट्र बैंकमा कागजपत्रहरु बुझाइरहेको त्यहाँका अधिकारीहरुले बताए ।

    शंकास्पद भनेर खबर आइसकेकाले त्यस बारेमा शुद्धिकरण विभागले अनुसन्धान गरिरहेको छ राष्ट्र बैंकका ती अधिकारीले भने, शंकास्पद नै भेटिए कानुन अनुसार कारवाही हुन्छ ।

    वैधानिक स्रोत देखिएमा पैसा फुकुवा हुन पनि सक्छ । यो सत्य हो । यता चर्चित व्यवसायी एवं नेपाली कांग्रेसका सभासद सूर्य बहादुर केसीको ३० करोड भन्दा बढि सम्पत्ति स्रोत नखुलेको भेटिएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबीन टुग्याई केही दिन भित्रै अदालतमा मुद्दा दर्ता गर्ने तयारी समेत गरेको खुलेको छ ।

    विभागका उच्च अधिकारीले राजतिलक साप्ताहिकसंग भनेः– केसी सहित ६ जना बिरुद्ध अनुसन्धान अन्तिम भईसकेको र चान्डै हामी मुद्दा दर्ता गर्ने पक्षमा छौं । केसीजी लगायत अरु ५ जनाको सबै सम्पत्ती छानबीन भइसकेको छ । करिब ३० करोड भन्दा बढि स्रोत खुलेको छैन । उनीले दाबी गरे ।

    चर्चित व्यवसायी एवं नेपाली कांग्रेस सभासद सूर्य बहादुर केसीको ३० करोड रुपैयाँ बराबर ‘कालोधन’ फेला परेको विभाग स्रोतको दावी छ । ति अधिकारीले भनेः– विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गतको निकाय हो ।

    हामीले केही समयमै प्रधामन्त्री केपी शर्मा ओलीलाई मुद्दाको सबै पक्षका बारेमा जानकारी गराउने तयारी गरिरहेका छौं । प्रधानमन्त्रीले निर्देशन दिने प्रतिक्षमा हामी छौं नि ।

    विभागका उच्च अधिकारीले राजतिलक साप्ताहिकसंग भनेः– पोलिटिकल्ली एक्सपोज पर्सन (राजनीतिक रुपमा चिनिएका) हरुको अनुसन्धान गर्दा केसीको कालोधन देखिएको हो । लगभग एक ट्रकजति फाइल नै झिकायौं अध्ययन गर्यौ । हामीले सबै फाइल अध्ययन गर्दा कालोधन प्रमाणित भएको हो ।

    यो मुद्दामा अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक पनि जोडिएका छन्। नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन ७८ लाख घुस लिएको सार्वजनिक भएपछि पाठकले आयुक्तबाट राजीनामा दिएका थिए।

    उनी ७८ लाख रुपैयाँनै धरौटी राखेर छुटेका थिए। पाठकको समेत विभागले छानविन गरिरहेको छ। स्रोतका अनुसार यही कलेजसँगै केसीको मुद्दा पनि जोडिएको हो। केसी यो कलेजका संचालक पनि हुन् ।

    केसीको माछापुच्छ्रे बैंक तथा वित्तीय संस्थाहरुमा समेत शेयर लगानी रहेको विभागको दाबी छ । केसीको बैंक कारोबार पनि शंकास्पद देखिएको छ। उनको कारोबार र उजुरीका आधारमा अनुसन्धान गर्दा कालोधन देखिएको बिभागको उच्च अधिकारीले राजतिलक साप्ताहिकसंग बताए ।

    उनको बैंक कारोबारका बारेमा वित्तीय जानकारी इकाइले विभागलाई जानकारी गराएको थियो ।
    स्मरणीय रहोस् केसी पोखराका चर्चित ब्यवसायी पनि हुन्।

    उनी राप्रपा सहप्रवक्ता थिए। राप्रपाबाट ०७४ कात्तिकमा नेपाली कांग्रेसमा प्रवेश गरेपछि समानुपतिकतर्फबाट अहिले कांग्रेस सांसद बनेका छन् ।

    केसीको लगानीमा हिमश्री फुड्स प्रालि , हिमश्री फुड्स वेस्टन नेपाल, केसी कन्स्ट्रक्सन फर्म, टाक्स हाइड्रोपावर प्रालि, भगवती हाइड्रोपावर प्रालि, सिभिल हाइड्रोपावर प्रालि, गण्डकी हाइड्रोपावर प्रालि, मडक्यू (सिक्लेस) हाइड्रोपावर प्रालि, युनाइटेड इदि मर्दि हाइड्रोपावर प्रालि, अपर सेती हाइड्रोपावर प्रालि, हिमश्री केसी ग्रुप पिएएर्स इण्डस्ट्रीज एण्ड ट्रेडिङ, माछापुच्छ्रे बैंक छन् ।

    यी संस्थाहरुमा पनि अवैद्य धन लगानी भएको आशंका विभागले गरेको देखिन्छ । उनी नेपाल इन्जिनियरिङ कलेज, नेपाल मेडिकल कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, नेपाल कलेज अफ इनफर्मेसन एण्ड टेक्नोलोजी, कालिका बहुमुखी पब्लिक क्याम्पस आदिका अध्यक्ष, संस्थापक तथा सञ्चालक समेत भएका छन् ।

    पटक-पटक राजनीतिक पार्टी परिवर्तन गर्दै सत्ता नजिक भएर कालोधन लगानी गर्दै आएका केसी माथि कारवाही हुनु जरुरी देखिन्छ । सचेत भया ।राजतिलकका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…