• काठमाडौं, ३ साउन । सत्तारूढ दल नेकपाका नेताहरू नेत्रविक्रम चन्द समूहलाई वार्तामा ल्याउन दौडधुपमा लागेका छन् । सरकारले औपचारिक वार्ता टोली बनाउनभन्दा विभिन्न सम्पर्क सूत्र प्रयोग गरेर छलफल थालेको चन्द समूहका एक स्थायी कमिटी सदस्यले बताए । यो खबर आजको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन् ।

    ‘विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले आफूनिकट नेतालाई वार्ताका लागि पठाएका छन्’ ती सदस्यले भने । वार्ताका लागि औपचारिक पत्र नपठाई अनौपचारिक रूपमा मात्र कुरा गर्न खोजेको विषयलाई चन्द समूहले प्रलोभनमा पार्ने सरकारको रणनीतिका रूपमा लिएको छ ।

    ‘वार्ता गर्नेभन्दा नेतालाई प्रलोभन पार्ने काम भइरहेको छ, सत्तापक्षका साथीहरूले विभिन्न प्रलोभन देखाइरहेका छन्,’ ती स्थायी कमिटी सदस्यले भने, ‘वार्ताको कुरा गरेर गलाउने रणनीति जस्तो देखिन्छ । नागरिक समाज, सञ्चारकर्मी, सर्वसाधारण र राजनीतिक दलले वार्ता बस्दा राम्रो हुन्छ भन्ने सुझाव दिएपछि चन्द समूहले सरकारले पत्र पठाए वार्ता बस्ने निर्णय गरेको थियो ।

    यसअघि सरकारले चन्द समूहलाई वार्ताका लागि पत्र पठाएको भनेर हल्ला मात्र गरेको उनको आरोप छ । ‘पहिले पनि सरकारले पत्र पठायौं भनेर हल्ला गर्‍यो, हामी वार्ताविरोधी जस्तो देखियौं,’ चन्द समूहका ती नेताले भने, ‘ठीक छ, अब वार्तामा बसौं भनेर निर्णय गरियो । सरकारचाहिँ पत्र नपठाउने, पद दिने प्रलोभन देखाउन लागेको छ ।’

    सरकारले औपचारिक रूपमा वार्तामा बोलाए त्यसका लागि कसरी जाने भन्ने सामान्य खाकासमेत चन्द समूहले बनाइसकेको ती नेताले जानकारी दिए । कसको नेतृत्वमा वार्ता टोली बनाइएको छ भन्नेचाहिँ उनले खुलाएनन् । ‘सरकारी पक्ष औपचारिक रूपमा आए मात्रै त्यो सार्वजनिक हुन्छ’ उनले भने ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…