• काठमाडौं, ३ साउन । निर्माता छबि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवाद उत्कर्षमा छ । उनीहरुले तीन वर्षअगाडि विवाह गरेका थिए। अहिले शिल्पाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छन् । आजको नयाँ पत्रिकामा प्रकाशित शिल्पाको अन्तर्वार्ताको सारसंक्षेपः

     

    अहिले सामाजिक सञ्जालमा तपाईहरुको चर्चा छ नि ?
    मैले घरेलु हिंसाविरुद्ध बोलेँ । तर, उहाँ (छबि ओझा) ‘चोरको खुट्टा काट्’ भन्दा खुट्टा तानेजस्तो गरी बेलेर हिँडिरहनु भएको छ ।

    छबिजीले त तपाईं उहाँसँग जानुभयो भने न्याय पाउनुहुन्छ भन्नुभएको छ । जानुहुन्छ ?
    जाने भन्ने कुरै हुँदैन । अहिले घटना बाहिर आएपछि उहाँ ५५ वर्षको बूढो भएँ भनेर हिँडिरहनु भएको छ । ५५ वर्षको बूढोले लभ गर्ने बेला ‘ल नानी म ५५ वर्षको बूढो, छोरी होस् तँ’ भनेको भए पनि हुन्थ्यो नि । अहिले आएर सहानीभूतिका लागि किन बुढो भन्नु ? त्यतिबेलाचाहिँ २०–२५ वर्षको जस्तो व्यवहार किन गर्नु ?

    तपाईं सम्पत्तिको लोभले छुट्टि खोज्नुभएको आरोप छ नि ?
    कसैले सम्पत्तिको लोभ भनिरहेका छन् । ६ महिना अघि मात्र विवाह दर्ता गरेको पनि भनिरहेका छन् । सायद उहाँहरुलाई थाहा थिएन कि अग्नी साक्षी राखेर बिहे गरेको मितिबाटै म उहाँकी पत्नी भइसकेकी थिएँ । बिहे दर्ता गरे पनि नगरे पनि परम्परागत बिहे त गरेको हो नि । त्यही मितिलाई कानुनले मान्यता दिन्छ । तर, जहाँ मायाँ छैन, त्यहाँ सम्पत्तिले केही गर्दैन । उहाँलाई मैले लात्तीले घचेटेर नहिँडेको भए अहिले म बोलिरहेको पनि हुन्नथेँ होला । शिल्पाले आत्महत्या गरिन् भनेर समाचार आउँथ्यो होला ।

    तपाईंले फिल्मकर्मीहरुबाट कस्तो सहयोग पाइरहनुभएको छ ?
    कोही पनि कसैको पक्षमा बोल्नुभएको छैन । केही समयअघि स्यासेन श्रेष्ठको कुरा उठ्दा कोही कसैले बोलेनन् । हामी पनि बोल्न डरायौँ । उहाँलाई परेको बेला कसैले साथ दिएन । मलाई पनि दिएनन् । साथ दिएनन् भनेर चुप लागेर भने बस्दिनँ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…