• नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले दुई दलबीचको एकताका बेला शीर्ष नेताबीचको ५ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने धारणा राखेका छन् ।

    ‘सरकारको आलोपालो, पार्टी नेतृत्व आलोपालो, सबै तहका संरचनामा पनि सहमति गरेर अघि बढ्ने गरी तत्कालीन एमाले र माओवादीका नेताहरुबीच पाँचबुदे सहमति भएकै हो, सार्वजनिक भएको कुरा लुकाउनुपर्ने छैन’ शनिबार बुटवलमा आयोजित कार्यक्रममा उनले भने, ‘सोही सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नुपर्छ ।’

    यद्यपि पौडेलले सरकारमा आलोपालोको सहमति कार्यान्वयन गर्ने बेला अहिले आइनसकेको बताए ।

    सरकार विवादमा फसेको स्वीकार्दै उनले निर्मला काण्ड, विधेयक ल्याउने फिर्ता गर्ने, गुठी बिधेयकका सवाल र विषादी प्रकरणमा सरकारले परिपक्वता नदेखिएको धारणा राखे ।

    पौडेलले ओलीपछिको नेता पुष्पकमल दाहाल नै भएको दोहोर्याए । नेकपा पार्टीको विचार के हो ? भन्ने जिज्ञासामा उनले जनताको जनवाद नै अबको साझा विचार भएको बताए ।

    फरक प्रसंगमा पौडेललले मिडिया काउन्सिल विधेयक संशोधन गर्ने तयारी भैरहेको बताए ।

    रुपन्देहीको तिलोत्तमामा बुद्ध मुर्ति तोडफोड भएकोबारे पौडेलले भने, ‘यो अपराधजन्य गतिबिधि हो, बुद्ध मुर्ति तोडफोड गर्नु अपराधजन्य गिरोहको काम हो, प्रशासनले छिटोभन्दा छिटो पहिचान गरि कारबाही गर्नुपर्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…