• नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् ।

    उनलाई शनिबार राति १ बजे विशेष सुराकीको आधारमा काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

    पछिल्लो समय सत्तारुढ दलका कतिपय नेताहरुसँग सरकार र विप्लव वार्ताको लागि अनौपचारिक संवादमा रहेका लामालाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

    लामाको पक्राउपछि विप्लव वार्ताका लागि वाध्य हुने सरकारी पक्षको दावी रहे पनि यो घटनाले विप्लव समूह झनै चिँढिने अनुमान पनि गर्न थालिएको छ ।

    को हुन् लामा ?

    माइला लामा २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ बाट उम्मेदवार भएका नेता हुन् । तर उनी झिनो मतले पराजित भएका थिए । उनले लामो समय माओवादीको सांस्कृतिक विभागमा रहेर काम गरेका थिए ।

    गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा गराइएको बम विस्फोटमा लामाको हात रहेको प्रहरीले दाबी गरेको छ । त्यसैगरी जेठ १२ गते काठमाडौंको घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटको योजनाकार पनि लामा नै रहेको प्रहरीको दावी छ ।

    माओवादी जनयुद्धको सुरुवातदेखि नै पार्टीमा सक्रिय लामा सो समय बम बनाउने क्रममा विस्फोट भई घाइते भएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…