• काठमाडौं, ५ साउन । असार २६ गतेदेखि अबिरल वर्षासँगै आएको बाढीका कारण देशका विभिन्न भु(भागहरुमा विपद् पर्यो । विपद्सँगै ओली सरकारको मन्त्रिमण्डलमा परिवर्तनका कुरा सेलाए ।

    नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन्त्रिमण्डलमा परिवर्तन र हेरफेरमा समेत सहमति बनाएको बुझिएको छ ।

    नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया टुंगो लागेपछि मन्त्रिमण्डलमा व्यापक हेरफेर हुने जनाइएको छ । सल्लाहकारका बारेमा पनि टिकाटिप्पणी र तिक्तता निकै बढेको छ । अरिंगाल पछि छौंडाको सुनुवाई चर्कै भएको छ ।

    पार्टीको महत्वपूर्ण जिम्मेवारी कस्ले पाउनेबारे साउन भित्र हप्ता टुंगो लाग्ने निश्चित प्रायः भए पनि स्रातले जनाएको छ । केहि मन्त्रीहरुको जिम्मेवारी हेरफेर र परिवर्तन हुने छ । छौंडा भन्दै सल्लाहाकार विष्णु रिमालले दिएको अभिब्यक्तीले प्रचण्डसमेत असन्तुष्ठ रहेको स्रोतले जनाएको छ ।

    ओली र प्रचण्डबीचको छलफलमा सरकारको कामकारबाही र मन्त्रिहरुको कार्यशैलीको समेत समिक्षा भएको छ । सरकारलाई प्रभावकारी बनाउन मन्त्रिहरुको परिवर्तन र जिम्मेवारी हेरफेर आवश्यक रहेको निष्कर्ष दुवै अध्यक्षको छ स्रोत भन्छ ।

    यसपटक सरकारमा रहेकाहरु मध्ये पद धरापमा पर्नेमा तरकारीको विषादी परीक्षणको विषयले कृषिमन्त्री चक्रपाणि खनाल र आपूर्ति, वाणिज्य तथा उद्दोगमन्त्री मातृका यादव र प्रचण्डले नरुचाएका गृहमन्त्री रामबहादुर थापा पनि रहेका छन् ।

    तर, थापालाई ओलीको साथ रहेकाले हटाउन मुश्किल पर्ने चर्चा पनि छ । उपप्रधानमन्त्री एबं रक्षामन्त्री इश्वर पोखरेल पनि पन्छाउने भित्रि तयारी भइरहेको छ ।

    वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री विना मगर, भौतिकमन्त्री रघुवीर महासेठ, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित,अर्थमन्त्री डा।युवराज खतिवडा, बैदेशिक रोजगा तथा सामाजिक सुरक्षा मन्त्री गाकर्ण बिष्ट भूमिसम्बन्धि विधयेक ल्याउँदा विवादमा परकी भूमिसुधारमन्त्री पद्मा अर्याल सहितको पद पनि धरापमा छ ।

    परराष्ट्र मन्त्रालय समालेका मन्त्री प्रदीपकुमार ज्ञवाली भने भाग्यमानी मन्त्रीको सुचीमा रहेका छन्, उनलाई बरु कुनै शक्तीशाली मन्त्रालय जिम्मा लगाउने रणनितिमा प्रधानमन्त्री ओली सकारात्मक रहेको स्रोतले जनाएको छ ।

    त्यसो त ओलीका खास विश्वासपात्रहरु मध्येको सुचीमा ज्ञवाली अग्रपंतीमा रहेका छन् । अहिले उनले उपप्रधानमन्त्री एबं रक्षामन्त्री इश्वर पोखरेल र पार्टी महासचिव विष्णु पौडेललाई समेत माथ गरेका छन् ।

    गौतम प्रचण्डसँग चिढिए
    उता प्रचण्डलाई खुलेरै साथ दिएका पार्टी्भित्र प्रभावशाली नेता वामदेव गौतम समेत पछिल्लो समय उनीसँग टाढिएका छन् । सत्ताको भाग बन्डामा प्रचण्ड ओलीसँग लपक्कै परेको भन्दै गौतमले असन्तुष्ठी ब्यक्त गरेका हुन् । गौतम प्रचण्डलाईनै सरकारको नेतृत्व दिनु पर्छ भन्ने लाइनमा कोठै बैठक चलाउदैँ आएका थिए । पछिल्लो समय गौतम प्रचण्डसँग चिढिएका छन् ।

    प्रचण्डको निशानामा मन्त्री बास्कोटा
    नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का ‘प्रचण्ड’ ले मन्त्रिमण्डल पूनगर्ठनबारे लगातार आवाज उठाउँदै आए । बाढी पहिरोले अल्मल्यायो । ‘प्रचण्ड’ ले सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा पटक्कै रुचाएका छैनन् ।

    मन्त्री बाँस्कोटाको काम कारबाहीप्रति आफ्नो गम्भिर असन्तुष्टि रहेको बताउँदै प्रचण्डले सार्वजनिक रुपमै आलोचना गर्दै आएकाछन् । कुनै कुनै समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मन्त्री बाँस्कोटाको काम मन नपरेको पनि सुनाएका थिए ।

    मिडिया प्रति उदार नभएको र नेपाल टेलिकमलाई कमजोर बनाउने गरी मन्त्री बास्कोटा नविकरण दस्तुर तोक्नेलगायतको काम गरिएको भन्दै मन्त्री बाँस्कोटाप्रति असन्तुष्टि जनाएका हुन्। तर उनलाई पनि ओलीको भित्रिसाथ रहेकाले तत्काल हटाउन सकस भएको स्रोतले जनाएको छ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…