• काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले तत्काल मन्त्रिमण्डलपनि पूनर्गठन नहुने जिकिर गरे ।

    उनले भने,‘जनताका अपेक्षा र गुनासाहरु व्यापक छन् । त्यसैले जनताका अपेक्षा पूरा गर्नेगरि काम गर्नुपर्छ । व्यक्ति बदलेर केही हुँदैन् । सोच र दृष्टिकोण बदल्नुपर्छ ।’ उनले तत्काल प्रधानमन्त्री परिवर्तन गर्नेबारे पार्टीभित्र कुनै छलफल तथा बहस नचलेको पनि स्पष्ट पारे । उनले भने,‘अहिले प्रधानमन्त्री फेर्नुपर्ने आवश्यकता छैन । वर्तमान प्रधानमन्त्रीको विकल्प छैन । अहिले प्रचण्ड प्रधानमन्त्री बन्ने भनेर कुनै छलफल भएको छैन । प्रधानमन्त्री मात्रै होईन तत्काल मन्त्रीहरुपनि परिवर्तन हुने सम्भावना मैले देखेको छैन् ।’

    नेपालको संसदीय ईतिहासमै अहिलेकोजस्तो कमजोर प्रतिपक्षी कहिल्यै नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई निकम्माको संज्ञा दिए । नेता रायमाझीले प्रतिपक्षी दल कमजोर भएको बताएका हुन् । उनले भने,‘मैले अहिलेकोजस्तो कमजोर प्रतिपक्षी दल कहिल्यै पनि थिएन् । म त भन्छु प्रतिपक्षी दल निकम्मा भयो । कांग्रेससँग कुनै तर्क र आधार छैन् ।’

    उनले कांग्रेसले संसद अवरुद्ध गरेकोमा पनि आक्रोश पोखे । उनले भने,‘तर्क, सर्क केही छैन बन्द भन्यो भैगयो । सत्तापक्षका सांसदले कुरा उठाएपछि मात्रै कांग्रेसले विरोध गर्छ ।’

    रायमाझीले दुई वटा बेग्ला–बेग्लै पार्टी मिलेर नेकपा बनेकोले पार्टीभित्र केही विरोध तथा अन्तरहरु हुनु स्वभाविक भएको स्पष्ट पारे । उनले भने,‘द्वन्द्व, विवाद र अन्तरविरोध हुनु स्वभाविक हो । यसलाई मैले सहज रुपमा लिएको छु । पार्टी एकताको अधिकांश काम सम्पन्न भैसकेका छन् । जनवर्गीय संगठन र विभागहरुको नेतृत्वको कुरा छ । यो पनि अब पार्टीको नेतृत्वले चाँडै टुँगो लगाउँछ ।’ पार्टीलाई सही दिशमा अघि बढाउनको लागि ‘रोडम्याप’ पनि तयार भैरहेको उनले जनाए ।

    रायमाझीले तत्काललाई पार्टीभित्र ६०–४० वा ५५–४५ को जस्तो देखिएपनि यसले निरन्तरता नपाउने जिकिर गरे । उनले भने,‘पार्टी व्यक्तिवादी चरित्रले चल्दैन् ।’ वर्तमान सरकार विगतकोजस्तो पूरानो सरकार नभएको जिकिर गर्दै अब विकास र समृद्धिको लक्ष्य हाँसिल गर्नेगरि द्रुत गतिमा काम गर्नुपर्ने उनको सुझाव थियो ।

    उनले भने,‘साना–साना नतिजाहरुभन्दा पनि यो सरकारले अब ठूला ठूला नतिजा दिनेगरि काम गर्नुपर्छ । अब विस्तारै सरकारले गरेका कामका नतिजाहरु आउँदैछन् । जस्तो अहिले पाईपलाईनबाट तेल ल्याउन काम भैरहेको छ । अब क्रमशः नतिजाहरु आउँछन् । मेलम्चीको पानी पनि अब चाँडै आउँछ ।’ काठमाडौंमा धुलो, धुँवामा अहिले सुधार आएको पनि उनको दाबी छ । उनले भने,‘विरोधको नाममा विरोध गरेर हुँदैन्, अहिले धुलो धुवाँको अवस्थामा सुधार आएको छ ।’ प्रतिपक्षी दलले कुनै कुरा नै उठाउन नसकेको उनको ठोकुवा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…