• महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु) ले तलब भत्ताबापत प्राप्त भएको एक वर्षको रकम वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका छन् । जनप्रतिनिधिहरु सेवा–सुविधाभोगी र भ्रष्टाचारमा लिप्त रहेकोे आरोप लागिरहेका बेला वडाध्यक्ष कुँवरले तलब भत्ताबापतको रकम गाउँका वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका हुन् ।

    नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित कुँवरले आइतबार बिहान आप्mनो वडाका एक सय ६२ जना जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दृष्टिविहीन र विपन्न परिवारलाई आफूले पाएको रकम वितरण गरेका हुन् ।

    उनले वृद्धवृद्धालाई एक हजार पाँच सय र अपाङ्गता भएका व्यक्तिलाई एक हजार रुपैयाँ दरले दुई लाख ६२ हजार रुपैयाँ वडाका पदाधीकारीको उपस्थितिमा वितरण गरिएको बताएका छन् ।
    स्थानीय तह निर्वाचनका बेला कुँवरले आफू चुनावमा निर्वाचित भए तलब–भत्तावापतको रकम वडाका वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र असहायलाई वितरण गर्ने घोषणा गरेका थिए । उनले गत वर्ष पनि आफूले पाएको तलब वितरण गरेका थिए ।

    “मैले निर्वाचनका बेलामा मत माग्दै गर्दा जितेपछि पाँच वर्षसम्म सरकारी सुविधा नलिने बचन दिएको थिएँ । त्यही बाचा पूरा गर्दै छु,” वडाध्यक्ष कुँवरले भने, “गत वर्ष पनि मैले यसै गरी बाँडेको हो र आगामी दिनमा पनि बाँडिरहनेछु ।”

    वडा कार्यालयमा आएर रकम बुझेकी ७० वर्षीया किरीदेवी धामीले वडा अध्यक्ष कुँवरलाई जुगौंजुग बाँच्ने आशिर्वाद दिइन् ।

    त्यस्तै ८४ वर्षीय जैबहादुर विष्टले ज्यादै मनकारी अध्यक्ष पाएको बताए । ‘कति हो कति प्रधानपञ्च, गाविस अध्यक्ष, वडाध्यक्ष र वडा सदश्यहरु चुनियो,’ उनले भने, ‘भुन्टू जस्तो मनकारी अध्यक्ष भने पहिलो पटक पाएका छौं ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…