• रातोकलम अनलाइन।
    साउन-५,क्वालालम्पुर ।

    नेपाल तामाङ घेदुङ मलेसियाको प्रथम ऐेतिहासिक अधिवेशन आईतवार मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कन्टिनेन्टलमा सम्पन्न भएको छ।राजेन्द्र वाईवा तामाङको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा प्रमुख अतिथी नेपाल तामाङ घेदुङ केन्द्रीय समितिका महासचिव महित तामाङ विशिष्ट अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका प्रवक्ता ईश्वर राई रहेका थिए।

    अन्य अतिथिमा मलेशियामै गठित सस्थाहरुको पदाधिकारी ,व्यावसायि र सन्चारकर्मी समेत रहेका थिए।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मलेसियाको महासचिव अार एन चौधरी (थारु), नेपाल जनप्रगतिशिल मोर्चा मलेसियाको अध्यक्ष बिजय लामा, नेपाल तामाङ घेदुङका संस्थापक स्याम घिसिङ तामाङ, पूर्वि एसिया क्षेत्रीय तामाङ धेदुङ सदस्य तथा नेपाल तामाङ कलाकार संघ मलेसियाका अध्यक्ष फूर्वा दोर्जे मोक्तान , व्यवसायी समाज मलेसियाको अध्यक्ष ईन्द्र लिम्बू , नेपाल अादिवासी जनजाति महासंघ मलेसियाको प्रवक्ता ईश्वर राई, तथा एनआरएनए मलेसियाका केन्द्रीय सदस्य दिल केरुङले रहेका थिए।भने क्रमशः शुभकामना मन्तव्य दिएका छन।

    नेपाल तामाङ धेदुङ केन्द्रीय समीतिका महासचिव मोहित तामाङ ज्यु ले कार्यक्रममा पहिचान र स्वतन्त्रता र समानुपातिक अधिकार का लागि लडिरहेको जनजाति माथि प्रहरी दमनको अन्य हुनु पर्छ। र जब सम्म ताम्सालिङ राज्य सरकारले नामाकरण गर्दैन तब सम्म अान्दोलन जारी रहने समेत बताए।

    २५ सदस्यीय समिति रहेको नेपाल तामाङ धेदुङ मलेसियाको अध्यक्षमा राजेन्द्र वाईबा तामाङ बरिस्ठ उपाध्यक्ष जगत दोङ तामाङ,प्रथम उपाध्यक्ष दावा थिङ तामाङ, दृतिय उपाध्यक्ष लनम दोङ तामाङ,महिला उपाध्यक्ष साईनी माया तामाङ ( सन्जना) ,महासचिव सबिन लोप्चन तामाङ,सचिव छेवाङ लामा तामाङ ,सचिव अमिर लोप्चन तामाङ , कोषाध्यक्ष विजय वाईबा तामाङ , सह कोषाध्यक्ष प्रकाश थोकर तामाङ,सदस्यहरुमा क्रमशः कुमार लोप्चन तामाङ ,श्याम बा. तामाङ ,दावा घिसिङ तामाङ ,ज्ञानध्वज बोम्जन तामाङ,काजि तामाङ,भोज बा. तामाङ लोप्चन,जितु पाख्रिन तामाङ,खेम बा. तामाङ, भुवन वाईबा तामाङ र सबिना लोप्चन तामाङ समितिले चयन गरेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…