#तिखे!
एक अङ्गालो
हरियो घांस डुंडमा हाले पछि
थला मा बाँदिएको तो
तिखे गोरुले
जब, म तीर हेरेर ड्वाँ गरो
एस्तरी- गर्यो की!
एस्तरी- हेर्यो की
मानू:
बृद्ध आश्रम छोडेको बर्शौ पछि
कुनै सन्तान
बा-आमा को अघिलतिर ठिङ्ग उभिएको छ
एस्तरी करायो की!
लोग्ने अरब भसीएको बर्स दिन नपुग्दै
जाहांन ले नाठो च्यापेको आशय भएको पत्र
छिमेकी ले सम्प्रेषण गर्दिन्छ
र
रेगिस्तान तिर तातो हावा
स्वाँ मात्र गरेर बहन्छ
एस्तरी की..
नर्सरीमा बोर्ड्सभर्ना गरिएको दुधे सिसु भेट्न
ब्राइट फ्यूचर बोर्डिंङ्गको होडिङ्गबोर्ड मन्तिर
एक पोको गुड्डे बिस्कुट र एउटा फ्रूटी बोकेर
उभिएका प्यारेन्स देखे पछि
त्यो आबोध शिशुको आँखा बाट
जस्तो-जस्तो प्रकृति
वा
जस्तो जस्तो आशयका प्रश्न बाचक बनेर
आंसू हरु खस्तछन
हो!
त्यस्तै त्यस्तै गरि
जब,थलामा बाँधिएको तिखे गोरु ले
म तीर हेरेर ड्वाँ गर्यो।
लाठेकै हैकम चल्ने
घर छेउ को ग्वालिमा
बिभेद को लामो बलो भाँचियेर
आँखै अघिमा बजारीदा पनि उ त्यसरी कराथेंन…
आज साम्म्
मलाई हेक्कै थेन
गोठैको एक छेउमा
खरायो,
दुबो मात्र ज्युनार गर्थ्यों
टाटनामा,खसी बोका
कोईरालो, टांकी, र काब्रो ले
आफ्नो संतुलितभोजन मेन्टन गरिरहदा
दूहुना गाइ
ढलेको हरियो बन्सोमा लडिबड़ी गर्थ्यों
तिखे,
बस नजर अन्दाज गर्थ्यों
ई याबत चीज र
नदुखेको आभास दिलाउथ्यो
दुख्न त पक्कै दुख्थ्यो होला उसलाई पनि
हरिस ले पिलस्याएको जुरो
फाली ले उद्दिनेको खुर
खोर्यांत ले चिलाएको जिब्रो
तर तयस्तरी
त्यति बेला पनि कराको थेंन तिखे
जति बेला सयौ कीर्ना
उस्का शरीरमा बिझेका हुन्थे
हरिया झींगा झुण्डिएका हुन्थे
जस्तरी आज करायो
बहर दाउँदै देखी
एउटै हरीश,
एउटै हल्लुडमा नरियेर
राँटा छोड़िएका
जीबन का छेउ कुना सँगै हिडेको साथी
त्यो सिंधुरे गोरु
नाम्ले लागेर
छेरेको छेरै परलोक हुदा पनि
उ त्यस्तरि करा को थिएन
सुकेका
ढोड,खोस्टा ,पराल सँगै
एक मुठी ढुटोमा
एक डुंड संगलो पानी पियेर
जीबन का धमिला दिन हरु बिताएका तिखे ले
एक अङ्गालो हरियो घांस सहित को
मेरो पहिलो उपस्थिति प्रति
अझ भनुमन
उस्को हेराइ प्रति
ड्वाँ, गराई प्रति
फुं-फुं प्रति
पुच्छर हल्लाई प्रति
अनेकन अनुत्तरित प्रश्न हरु लक्षित थिए..
गुनासा हरु थिए
विरक्ति हरु थिए
रत ड्वां गरो
मैले बुझिन
उस्ले बुझेको हुनु पर्छ अब
अब त्यो तेज-त्यो बिधुतीय तरंग
ऊस्का पुच्छर मा नरहेको सत्य
जो निमोठे पछि
हलो ले,पाखो उद्दिन्थो
पटाले पहरा सम्याउथ्यो
उधिनेर दांदे ले अन्न
जिल्याएर सबै अनिकाल
टम्म-भकारी भर्थ्यो।
संभवतः
तिखे ले यो पनि बुझेको होला
मालिक को मुद्रोको माहाभारत
ऑफ्नै उमेर को आंकलन
हलो ऑफ्नै वजन भन्दा भारीहुनु
गति ऑफ्नै स्वास प्रस्वास भन्दा धीमा हुनु
त्यसैले
यो रात अन्तिम हुनुपर्छ
अन्तिम हुन पर्छ….. यो गोठमा….यो रात
र त ड्वां गर्यो
उस्ले भन्न चाहेको होला
मालिक !
जीबन यात्रा का दौरान
जानेर नजानेर लात्ती चलाये होला
पुच्छर हल्लाएर
गोबर र गहूँत तिम्रा सिर तीर छर्कीऐं होला
हरियो बाली देखेर धेरै पल्ट
मोहोला उद्दिनेर
मुख पनि गाड़े होला
भुस थोरै हुदा
कैयौ पल्ट पानी नपी घुर्क्याऐं पनि हुला
पशू हु, तिमीले हैट भन्दा
बड़कींन हुला
होरा पच उँ उँ -आँ -आँ,भन्दा घूमींन होला
छेउ सम्म नजोतिदा तिमि रिसाको हेक्का छ
बर्खामैं मेरो जुरो पाक्दा
तिमीले लामो खुईया तानेको नी
कानै मा च्छ ..
मनैमा छ
तिमीले सुमसुम्याएको
तिमले मुसारेको
हल्ली तिहार का दिन तिमले ख्वा, बाबरको स्वाद
आजन्म जीब्रा मा हुनै छ
मैझारो को दिन तिमले सिंग माँ बानेको
बीउ को मुठो कसरी भुलुला र मालिक
मालिक !
हलो तान्ने त हामी सिदुरे, तीखे दुइ थीम
जोतिने त तिमि एक्लै थ्योउ
म संग सँगै
,बारी मा दांई मा
गाड़ा मा गोठमा
भकारो सोर्दै डल्ला फोरदै
कतीं चोटी फिजं काड्या छौ म सँगै
मालिक मैले त छोडेर गए पनि
यो ठाममा मसिना बहर हरु आउलान गोठाँ
र
नया जीबन चक्र सुरु गर्लांन
तिमीले तिम्रा ठाम अरूलाइ नछोडनु
तिम्रा बहर-बाछी हरु कलीलै छन
म जतिंजेल बाँच्छू
यो गोठको याद बोकेर बाँच्छू
गोस्कान तीर
कसाई ले तिहुँनका लागि मारे
मिठो स्वाद बनेर बांचुला
कालले मरेछू भने कुनै बिरुवा को मल बनेर बांचुला
विज्ञान ले मारे कतै
हाड़ का टांक भएर झुन्डीदै बांचुला
छाला को जूता बनेर घिसरिदै बांचुला
रौ का न्यानो भई
स्विटर हरुमा मफलर हरुमा….
यस्तै-यस्तै भने झै लाग्यो त्यो दिन
जब एक अंगालो हरियो घांस
डुंडा हाले पछि
थलामा बांधेको तिखे गोरुले म तीर हेरेर ड्वां गरो….!!
बिक्रम (बिस्तृत) घिमिरे
उर्लाबारी;- मोरंग
हाल ;-साउदी अरब
009660570192030