• इटहरीः नेकपा केन्द्रीय सदस्यहरूलाई जिल्लाका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकिएसँगै केन्द्रीय सदस्यहरूले आफ्नो जिम्मेवारी पाएका छन् । १४ जिल्लामै इन्चार्ज तोकिए पनि सहइन्चार्ज भने शून्यदेखि ५ जनासम्म तोकिएको छ । नेकपा महासचिव विष्णु पौडेलले हस्ताक्षर गरेर सार्वजनिक भएको सूचीमा सबैभन्दा धेरै सहइन्चार्ज सुनसरीमा पाँच जना तोकिएको छ भने ताप्लेजुङ, इलाम, धनकुटा र ओखलढुङ्गामा भने १ जना पनि तोकिएको छैन ।

    यी हुन् इन्चार्जसहित सबैभन्दा धेरैबाट थोरै सहइन्चार्ज भएका प्रदेश १ का १४ जिल्लाको विवरणः

    १. सुनसरीः इन्चार्ज धर्म निरौला
    सहइन्चार्जः जगदीश कुसियत, तैयब हुसेन, एकचन्द्र बराल, मोहम्मद महफुज अन्सारी र रामकुमारी चौधरी
    २. खोटाङः इन्चार्ज विशाल भट्टराई
    सहइन्चार्जः दुर्गाजयन्ती राई, राजन राई, रामकुमार राई र समिता कार्की
    ३. झापाः इन्चार्ज रविन कोइराला
    सहइन्चार्जः देवेन्द्र दाहाल, धर्मशिला चापागाईं र हरिबहादुर राजवंशी
    ४. मोरङः इन्चार्ज घनेन्द्र बस्नेत
    सहइन्चार्जः महेश रेग्मी, गोपीबहादुर सार्की अछामी र देउमान सम्बाहाम्फे
    ५. पाँचथर
    इन्चार्जः इन्द्रबहादुर आङ्बो
    सहइन्चार्जः आइन्द्रसुन्दर नेम्बाङ र डम्बरसिंह सम्बाहाम्फे
    ६. तेह्रथुम
    इन्चार्जः जयन्ती राई
    सहइन्चार्जः दुर्गाप्रसाद चापागाईं र विजय सुब्बा
    ७. सोलुखुम्बु
    इन्चार्जः शिवबहादुर बस्नेत
    सहइन्चार्जः हेमकुमार राइ
    ८. संखुवासभा
    इन्चार्जः राजेन्द्रकुमार राइ
    सहइन्चार्जः राजेन्द्र कार्की
    ९. भोजपुर
    इन्चार्जः सुदन किराती
    सहइन्चार्जः हरिबहादुर राई
    १०. उदयपुर
    इन्चार्जः बलदेव चौधरी
    सहइन्चार्जः मन्जुकुमारी चौधरी
    ११. ताप्लेजुङ
    इन्चार्जः भाष्कर काफ्ले
    १२. धनकुटा
    इन्चार्जः हेमराज भण्डारी
    १३. ओखलढुङ्गा
    इन्चार्जः यज्ञराज सुनुवार
    १४. इलाम
    इन्चार्जः धीरेन्द्र शर्मा

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…