• मोरङ । पवन हेयर सैलुन, मोरङ जिल्ला उर्लाबारीको यो निकै चर्चित सैलुन हो । यहाँ कपाल काट्नका लागि पालो कुरिरहेका ग्राहकको लाइन देख्दा लाग्छ, शहरमा अर्को कुनै सैलुन नै छैन ।

    उर्लाबारीमा अन्तर्राष्ट्रियस्तरका सैलुन भने नखुलेका होइनन्, तर पवन नै सबैको रोजाइ बन्नुभएको छ ।

    उर्लाबारीमात्र होइन, दमक, पथरी र इटहराबाट पनि कपाल काट्न आउनेको लर्को लाग्ने गर्छ उहाँको पसलमा । यो सैलुन चलाउने युवा हुनुहुन्छ, उर्लाबारी–४ का पवनदेव ठाकुर । दश वर्षअघि आफ्नो गोजीमा भएको रु ५०० बाट सरसामान किनेर उर्लाबारी बरगाछीमा कपाल काट्ने व्यवसाय शुरु गर्नुभएका उहाँले अहिले उर्लाबारीमै लाखौँ मूल्यका घर बनाइसक्नुभएको छ ।

    तीन महिना दिल्लीमा कपाल काट्न सिकेर उर्लाबारीमा सैलुन खोल्नुभएका पवन अहिले काम भएन भनेर विदेशिने युवाका लागि पनि गतिलो उदाहरण बन्नुभएको छ । शुरुमा पढ्न नसकेर कपाल काट्न सिक्नुभएका उहाँले १० वर्षमै मनग्य कमाउनु मात्रै भएन, आफ्ना भाइहरु अनि गाउँका अरु युवालाई पनि रोजगारी दिइरहनुभएको छ ।

    उहाँको सैलुनमा पाँचजनाले कपाल काट्ने काम गर्छन् । तर पनि कुर्सी एक छिन पनि खाली हुँदैन, कैँची चलाउन व्यस्त उहाँलाई कसैलाई हेर्ने पनि फुर्सद थिएन । पालै दिन मुस्किल हुन्छ, ग्राहक फोन गरेर आउनुहुन्छ, मेहनती पवनले भन्नुभयो । हुन पनि त्यहाँ पालो नपाए बरु केही दिन कुर्छन् ग्राहक । तर त्यहाँ कपाल काटिरहेकाहरू सितिमिति अन्यत्र जाँदैनन् ।

    काम सानो ठूलो लाग्दैन उहाँलाई । उहाँ भन्नुहुन्छ, “काम त कामै हो नि, सानो ठूलो केही हुँदैन, त्यो बुझ्नेहरूमा भर पर्छ । पहिले मलाई गिज्याउने धेरै थिए”, शुरुवाती दिन पवनले सम्झनुभयो तर उहाँहरु नै अहिले मेरो गुणगान गर्नुहुन्छ बरु, ‘क्या प्रगति गरिस्’ भन्नुहुन्छ ।

    सैलुनमा भेटिएका मोरङ उर्लाबारीका तेजन खड्का पवनको कपाल कटाइ नै राम्रो लाग्ने बताउनुहुन्छ । भन्नुहुन्छ, पवनबाहेक अरुसँग कपाल काट्दा चित्त नै बुझ्दैन ।

    आजभोलि उहाँले दैनिक रु दुई हजारदेखि रु तीन हजारको हाराहारीमा कमाउनुहुन्छ । उहाँलाई बिहान ६ देखि राति ८ बजेसम्म पनि खाना खाने फुर्सदै हुँदैन । काममै जोतिइरहेका भेटिनुहुन्छ, पवन ।

    अहिले थुप्रै संघसंस्था पनि उहाँलाई कपाल काट्ने तालीम दिनुप¥यो भन्दै माग गरिरहेका छन् । तर आफ्नै पसलमा आफ्ना ग्राहकको कपाल काट्नै भ्याइएको छैन, उहाँले भन्नुभयो, यहाँ पालो नपाएर, पालो मिचियो भनेर ग्राहक झगडै गर्छन् । तर पनि उहाँले केहीलाई भने तालीम दिनुभएको छ ।

    आफ्नै सैलुनमा अनि संघसंस्थामार्फत तालीम लिएर अरुहरू पनि अन्य ठाउँमा यस्तै पसल खोलेर बसेका छन् । आफूले सिकाएकाहरूले पनि प्रगति गरेको देख्दा सन्तोष लाग्छ, उहाँ भन्नुहुन्छ ।

    Read more at https://www.bizshala.com/story/%E0%A4%AA%E0%A5%88%E0%A4%B8%E0%A4%BE-%E0%A4%95%E0%A4%AE%E0%A4%BE%E0%A4%89%E0%A4%A8#aETJvdR1rQj47GB2.99

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…