•  

    दाङ । दाङमा सिँचाई पोखरीमा डुबेर ३ जना किशोरीको मृत्यु भएको छ।

    आइतबार साँझ पौने ८ बजे खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातखुट्टा धुने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रहरी जवान पवित्र चन्दले भने, ‘सुरुमा एकजना हातखुट्टा धुने बेला डुबेको र उनलाई बचाउन जाँदा अन्य दुई जनासमेत डुबेका थिए। डुबेर गम्भिर घाइते भएका किशोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।’

    मृत्यु हुने सबै किशोरी घोराही उपमहानगरपालिका १८ अम्बापुरकै रहेका छन्। मृत्यु हुनेमा स्थानीय मानबहादुर बिकको १९ वर्षीया छोरी बसन्ता विक, सालघारी बस्ने वसन्त विकको छोरी १९ वर्षीया झरना विक र झरनाकै बहिनी १६ वर्षीया अमृता विक रहेको प्रहरी जवान चन्दले बताए।

    मृतकको शव पोस्टमार्टमका लागि घोराही ल्याइँदै गरेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…