• रातोकलम अनलाइन।

    साउन-६ क्वालालम्पुर ।

    नेपाल आदिवासी जनजाति महासंघ रास्ट्रीय समन्वय समिती मलेशियाले लोकसेवा आयोग द्वारा प्रकाशित बिज्ञापन खारेजिको माग गरेको छ। नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषदको नेतृत्वमा भइरहेको बिरोध आन्दोलन लाई समर्थन तथा ऐक्यबद्धता जनाएको छ।

    बिज्ञापन असमावेशी र गैर संबैधानिक प्रकाशन गरेको भन्दै साउन-६ गते महासंघका कार्यबाहक अध्यक्ष खेम मगर र महासचिव सबिन लोप्चन द्वारा हस्तक्षरित जारी बिज्ञ्यप्तीमा लोकसेवा आयोगले मुलुकको सर्बोच्च कानुनमै ब्याबसथा भएको आरक्षण लाई बेवास्ता गर्दै समानुपातिक र समाबेशिताको विरुद्ध बिज्ञापन प्रकाशन गरेको उल्लेख छ।

    लोकसेवाको बिबादास्पद बिज्ञापन बारे असन्तुष्ट र आपत्ति जनाउदै महासघले भर्त्सना समेत गरेक्ल छ।भने आयोगले बिज्ञान परिमार्जन गरेर समाबेशी,समानुपातिक मापदण्ड अनुसार पुन प्रकाशन गर्न आग्रह गरेको हो।केहिदिन अगाडि मात्रै आयोगले स्थानिय तहहरुमा स्थायी कर्मचारी पदपूर्तिको लागि ९ हजार १ सय ६१ कोटाको लागि बिज्ञापन प्रकाशित गरेको थियो भने हाल सम्म पनि महासघ लगायत जातीय सस्थहरुले सङ्युक्त रुपमा मन्त्रालय धर्ना तथा बिरोध प्रदर्शन गरिरहेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…