• नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी सभापतिमा शेर बहादुर देउवालाई पुनः दोहरिन नदिने पक्षमा आफू रहेको बताएका छन् ।

    नेपाली कांग्रेस बाँकेले ३७ औं विपी स्मृति दिवसका अवसरमा सोमबार नेपालगञ्जमा गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री डा.कोइरालाले आगामी महाधिबेशनमा पार्टीको अहिलेको नेतृत्व परिवर्तन गर्नुपर्ने बताए। यस विषयमा आफूले पहिलोपटक नेपालगञ्जबाट मुख खोलेको बताउँदै उनले सभापति देउबा फेरि सभापतिमा चुनाव लड्ने सम्भावना रहेकाले देउबालाई पुनः नेतृत्वमा आउन नदिन सबै एकजुट हुनुपर्ने बताए।

    १३ औं महाधिबेशनमा देउबा इतर पक्ष एकजुुट नहुँदा सभापति पद गुमाउनु परेको प्रसंग सम्झदै महामन्त्री डा.कोइरालाले भने, ‘फेरि पनि हामी दुई तीन जना लड्यौं, आपसमा मिलेनौं भने शेर बहादुरजीले जित्नुहुन्छ।’

    सभापति देउबाले पार्टी चलाउन नसकेको भन्दै पार्टीभित्र तीब्र आलोचना भइरहेकाले आगामी महाधिबेशनमा नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा आफू रहेको उनले स्पष्ट पारे।

    विपी कोइरालाको पालामा जस्तो अहिलेका नेताहरुका बीचमा हार्दिकता नभएको भन्दै उनले अहिले नेताहरुको बीचमा तिक्तता मौलाएको बताए। पार्टीलाई एक ढिक्का बनाउन सके मात्र कम्युनिष्टहरुसंग लड्न सकिने महामन्त्री कोइरालाले बताए। उनले सरकार हरेक कुरामा चुकेको टिप्पणी गरे।

    सरकारले संघियता पनि नचाहेको जिकिर गर्दै महामन्त्री डा.कोइरालाले शान्ति सुरक्षा र सुशासन कायम गर्न सरकार असफल भएको बताए। सरकार सपना मात्रै बाँड्दै हिँडेको उनको भनाई छ।

    कांग्रेस केन्द्रीय सदस्य बद्रि पाण्डेले पार्टीको संस्थागत विकास गर्न जरुरी रहेको उल्लेख गर्दै विधान अनुसार पार्टी चल्नुपर्ने आवश्यता औंल्याए। सरकारप्रति जनताको भरोसा टुटेको उनको भनाई छ। लोकतन्त्रमाथि चौतर्फी आक्रमण गर्ने सरकारले जन आकांक्षा अनुसार काम गर्न नसक्ने पाण्डेको टिप्पणी थियो।

    कार्यक्रममा बोल्दै पार्टी सभापति किरण कोइरालाले पार्टीलाई सुदृढ बनाउँदै जनताका पक्षमा काम गर्न सके मात्र विपी कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने बताए।

    पूर्व पार्टी सभापति सनत रेग्मीले विपीले प्रतिपादन गरेको सिद्धान्त र नीतिबाट कांग्रेस विमुख हुँदा अहिलेको अवस्था आएको टिप्पणी गरे।

    महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका उपप्राध्यापक अर्जुन प्रसाद पोखरेलले विपी कोइरालाको जीवनी, विचार र राजनीतिक दर्शन तथा सान्दर्भिकताबारे धारणा राखेका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…