• तम्घास , साउन ७ गते ।

    गुल्मीमा पहिरोमा पुरिएर मुत्यु हुनेको संख्या १० पुगेको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाका २ वटा वडामा गरि पहिरोले घर पुरिदा १० जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयोे ।
    सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठुलो लुम्पेकमा २ जनाको मृत्यु भएको हो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ । मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको छ । अरु २ जनाको निकाल्ने क्रम भइरहेको प्रहरीले जनाएको छ ।



    मृत्यु हुनेहरुमा ६५ वर्षिय छल्ली बिक, २८ वर्षिय पम्फा बिक १२ वर्षिय अंजली बिक, १० वर्षिय हेमन्त बिक, रुपा बिक, १० बर्षकी सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् । एक जना सन्दिप वालक मावली घरमा गएकाले जिबितै रहेका छन् ।

    त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३० वर्षिय तिलकुमारी त्रामु, १० वर्षिय दर्शन त्रामु मृत्यु भएको हो ।

    उनिहरु आमा छोरा हुन् । सोहि वडामा रुद्र बिकको घर बगाएको पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षिय मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् ।

    पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ । गएराती देखि परेको अबिल वर्षातले घरमाथीबाट पहिरो जँदा घरमा सुति रहेकाहरुको मृत्यु भएको हो ।
    उद्धारको लागि जिल्लाबाट तीनवटै सुरक्षा निकायका कमाण्ड सहितको टोली घटना स्थलल पुगेर उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । थप राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेले बताउनु भयो ।

    ठूलो पहिरो भएकाले मृत्यु हुनेहरुको संख्या बृद्धि हुनसक्ने बताइएको छ । पहिरोले लिम्घामा ४ घर जोखिममा रहेका छन् । उनिहरुलाई स्थानीय बिद्यालयमा राखिएको छ ।

    जिल्ला बिपद ब्यबस्थापन समितिको बैठक केही बेरमा बस्ने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जाननकारी दिनुभयो । उहाँका अनुसार घटना स्थलमा स्वास्थय सहितको टोली पठाईएको र उद्धारका लागी स्थानीय सहित प्रहरीको टोली परिचालन गरिएको बताउनुभयो । घटना स्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्व तर्फ पर्दछ । घटना स्थल पुग्न करिब ३ घण्टा वढि समय लग्छ । घटना स्थलमा जान ठाउँहरुमा बिचबिचमा पहिरो गएकाले सत्यावती गाउँपालिका र रुरु गाउँपालिकाको सहयोगमा डोजर प्रयोग गरि पहिरो पन्छाईएको जिल्ला प्हरी कार्यलय गुल्मीले जनाएको छ ।

    घटना प्रति ज्ञवाली र बरालद्धारा दुःख ब्याक्त

    गुल्मि सत्यावती गाउँपालिकामा पहिरोबाट भएको मानबीय र अन्य क्षती भएकोमा गुल्मी क्षेत्र नं १ का सांसद एवम् परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र प्रदेस सांसद एवम् सामाजिक विकासमन्त्री शुर्दसन बरालले दुख ब्याक्त गर्दै मृतकप्रति हार्दिक समबेदना ब्याक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।तिलाचन पाण्डे, गोरखापत्रबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…