•  

    रातोकलम अनलाइन!

    सेउल,साउन-७

    कोरियामा गठित प्रबासीहरुको साझा चौतारी रामेछाप र सिन्धुपाल्चोक सम्पर्क समितिले मङ्गोलियन हर्ट नामक कन्सर्टको आयोजना गर्ने भएको छ।आयोजकका अनुसार “ प्रवासी एकता आजको आबश्यकता सामाजिक सेवामा हाम्रो प्रतिबद्दता” भन्ने नारा सहित साङ्गितिक कार्यक्रम गर्न लागिएको हो।

    दुर्गम भेगको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ आयोजना गर्न लागिएको “ मंगोलियन हर्ट लाइभ सांगीतिक धमाका २०१९ अर्थात छुसकको पहिलो दिन आयोजना गरिएको छ।उक्त समितीको संयुक्त आयोजनामा हुने कार्यक्रममा नेपाल बाट चर्चित र ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति रहने छ।

    सो साङ्गितिक कार्यक्रमका लागि चर्चित आधुनिक तथा पप गायक राजु लामा,आस्था राउत,नेपाल आइडल सिजन-१ का तेस्रो बिजेता प्रताप दास र नृत्य प्रस्तुति दिन अञ्जली अधिकारी,प्रकाश कट्वाल आउने भएका छन।भने आयोजकका अनुसार कार्यक्रम दक्षिण कोरियाको राजधानी सेउलमा सेप्टेम्बर-१२ तारिक हुने छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…