• विर्तामोड, साउन ७ गते । बिर्तामोडका एक व्यवसायीलाई अपरिचित केटीको नम्बरबाट फोन आउँछ । फोनबाट सुरु भएको मित्रता सामाजिक सञ्जाल इमो हुँदै माया प्रेममा पुग्छ । यो क्रममा उनीहरुबीच यौनसम्बन्धका कुरा समेत हुन थाल्छन् ।
    उनीहरूबीच अश्लील भिडियो कल पनि हुन्छ । केटीले प्रस्ताव अनुसार भेट्न विर्तामोड पुगेका व्यवसायी १९ वर्षकी युवती देखेपछि मक्ख भए । व्यापारी केटीलाई होटलमा जाँउ भन्छन् केटीले होटलमा असुरक्षित हुने भन्दै कोठामा जान आग्रह गर्छिन । व्यापारीले केटीको आग्रहलाई नर्कान सक्दैनन् र केटीको कोठासम्म पुग्छन् ।

    कोठमामा केटीसँग कुराकानी गर्दै गर्दा नाटकीय शैलीमा एक युवाले ढोका ढक्ढक्याउँछन् । ढोका खोल्दा हातमा छुरा बोकेका ती युवाले दबैजनालाई कुटपिट गर्न थाल्छ । छुरासहित उपस्थित सञ्जय क्षेत्री भनिने सुजन शंकरले व्यवसायीलाई एउटा नम्बर दिएर फोन गर्न लगाउँछन् । फोन गरेको केही समयमा नै मिराज खान त्यहाँ पुग्छन् ।
    मिराज किशोरीको साथमा जान्छन् र उनलाई सुरक्षित स्थानसम्म पु¥याएर पुनः त्यही ठाउँमा पुग्छन् । त्यस बेलासम्ममा शंकरले व्यवसायीको नाङ्गो भिडियो तयार गरिसकेका हुन्छन् । शंकरले ५० लाख रुपैयाँ नदिए भिडियो सार्वजनिक गर्नुका साथै लास गायब गर्ने सम्मको धम्की दिन्छन् ।

    उनीहरुबीच ४० लाख रुपियाँमा दिने सहमति भई त्यहाँबाट बाहिर आउँछन् । व्यबसायिले पैसा उपलब्ध गराउन नसक्ने भए पछि आत्महत्यासम्मको सोच बनाए पनि अन्ततः इलाका प्रहरी कार्यालय अनारमनीमा पुगी उजुरी गरेसँगै अभियुक्त साउन ५ गते पक्राउ परेका हुन् ।
    यसरी मायाको नाटक गर्दै हनिट्रयापमा पारी व्यवसायीसँग मोटो रकम असुल्न खोज्ने त्यो गिरोह अहिले झापा प्रहरीको खोरमा पुगेको छ ।

    मायाको नाटक गरी ४० लाख रुपैँया फिरौती माग्ने गिरोहलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो । ती गिरोहमा बिर्तामोड–४ का मिराज खान, इलाम घर भई हाल बिर्तामोड–२ बस्दै आएकी ऋतु फियाक लिम्बु, भारत पश्चिम बङ्गाल, जिल्ला दार्जेलिङका सञ्जय क्षेत्री भनिने सुजन शङ्कर र बिर्तामोड–४ का प्रकाश दास रहेका छन् ।
    इलाका प्रहरी कार्यालयका प्रमुख मोहनकुमार थापाले पत्रकार सम्मेलनमा मायाको नाटक गर्दै हनिट्रयापबारे जानकारी दिनुभयो ।

    प्रहरीले जिल्ला अदालत झापामा सातदिनको म्याद थपेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दिनेशराज मैनालीले जानकारी दिनुभयो । नाटककी नायिका ती युवती शंकरकी प्रेमीका रहेको समेत खुलिसकेको प्रहरीले जनाएको छ ।
    उनीहरूका साथबाट एकथान कार, लागूऔषध, नक्कली पेस्तोल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…