• गोपाल काफ्ले
    पथरी / रहस्यमय रिना मृत्यू र सिक्का काण्ड भएको ५ महिना बित्न नपाउदै अरु ५ वटा रहस्यमय शव भेटिएको छ । मंगलबार मोरङको पथरीशनिश्चरेमा फेरि अको एउटा शव फेला परेको छ । मोरङ्गको पथरीशनिश्चरे १० स्थीत पशुपति सामुदायीक वन क्षेत्रमा पहिचान नखुलेको एक महिलाको शव फेला परेको हो ।

    दिनको २ः१५ बजेको समयमा घास काटन गएका स्थानियले शव देखे पछि प्रहरीलाई खवर गरेका थिए । इलाका प्रहरीकार्यालय पथरीका प्रहरी नायव उपरीक्षक लक्ष्मी प्रसाद अधिकारीका अनुसार महिलाको शव फेला परेको र उनको अनुहार नचिनिने अवस्थामा फेला परेको जनकारी दिएका छन । डाँस खोलाको नजिकै रहेको वनक्षेत्रमा भेटीएको शव कस्को हो भन्ने पत्ता लागेको छैन् । रुखमा सल बाधेको र मुनि सडेको अवस्थामा शवको अस्थिपन्जर भेटिएको अधिकारीले बताएका छन । लगातारको झरिले गदा शव खसेको र हड्डी मात्र रहेकाले कसैले खोजिगर्दै आए डि एन ए गर्न ल्याएको अधिकारीको भनाई छ । घटनालाई हेर्दा शंका गर्नु पर्ने कुनै ठाउ नरहेको अधिकारीले बताए । घटना स्थलमा टाउकाको कपाल, हातको बाला, घाटिमा लगाएको बुटि र सल फेला परेको छ ।

    घटना नं. १
    सोहि वनमा २०७६ बैशाख ३० गते सोहि वडाका कमल धिमालको रहस्यमय मृत्यू भएको थियो । २७ गते राति घरबाट हराएका धिमालको ३० गते घाटिमा नरिवलको डोरि सहित शव फेला परेको थियो । उक्त शव पनि रुखमा डोरि चुटिएर जमिनमा सडेको अवस्थामा भेटिएको थियो ।

    घटना नं. २
    त्यस्तै २०७६ जेष्ठ ३० गते पथरीशनिश्चरे ८ निवासी विमल परियारको शव सुन्दर सामुदायिक वनमा रुखमा झुण्डीएको अवस्थामा फेला परेको थियो । घरबाट बिना जानकारी हिडेका परियारको ५ किलो मिटरको अन्तरमा रुखमा पासो लगाएको मृत अवस्थामा भेटिएका थिए ।

    घटना नं. ३
    त्यसको हप्ता दिन बित्न नपाउदै सोहि वनमा २०७६ असार २ गते रतुवामाई ५ का ७१ बर्षीय प्रेम प्रसाद न्यौपानेको शव पनि भेटिएको थियो । घरबाट पुराण जाने भनेर हिडेका न्यौपानेले आफ्नो राखन धरन कारोवारका सम्पुण जानकारी परिवारले थाहा पाउने गरि छोडेर निस्किएका उनका परिवारले बताएका थिए ।

    घटना नं. ४
    यस्तै पथरीशनिश्चरेकै वडा नं. ५ बालुवाटारमा २०७६ जेष्ठ २८ गते मंगलवार पथरीशनिश्चरे वडा नं. ४ का करिब ५५ वर्षीय अर्जुन माझी नालीमा मृत अवस्थामा भेटिएका थिए । उनि उनका काका पर्ने वडा नं. ५ का गम्भिर माझीको घरमा बस्दै आएका थिए ।

    घटना नं. ५
    मंगलबार मोरङको पथरीशनिश्चरेमा फेरि अको एउटा शव फेला परेको छ । मोरङ्गको पथरीशनिश्चरे १० स्थीत पशुपति सामुदायीक वन क्षेत्रमा पहिचान नखुलेको एक महिलाको शव फेला परेको हो । घटना स्थलमा टाउकाको कपाल, हातको बाला, घाटिमा लगाएको बुटि र सल फेला परेको छ ।

    असुरक्षीत बन्दै पथरी
    अघिल्लो बर्षलाईलाई हेर्ने हो भने मात्र पनि जंगल भित्र ६ ओटा रहस्यमय घटना घटेका छन । फागुन ३ गते पथरी बजारबाट तीन किलोमिटर पश्चिमको जंगलमा पर्ने मोरङ्गे खोलामा ५२ वर्षीया सावित्रा खतिवडाको शव फेला परेको थियो । झापा मेचीनगरको धुलाबारी घर भई काठमाडौँ बस्दै आएकी खतिवडाको शव पात टिप्न गएका स्थानीयले देखेका थिए ।

    त्यसको केहि समय अघि पथरीको बजार संग टासिएको सिरिजंगा धार्मीक बनमा रन बहादुर लिम्बुको शव फेला परेको थियो । फागुन १६ गते २६ वर्षका षडराज तामाङको रातको ११ वजे रगताम्य भएको अवस्थामा प्रहरीले गोर्खा गल्लीमा फेला पारेको थियो । सिक्का बार एण्ड लजमा साथिहरु संग रमाईलो गर्न गएका तामाङको बारबाट बिहिरिने क्रममा सहस्यमय मृत्यू भएको सि सि फुटेजले देखाउछ ।

    प्रहरीले तामाङको मादक पदार्थ सेवन गरि ३ तला माथी वाट लडेर मृत्यु भएको भन्दै आएको छ भने तामाङको परिवार भने हत्या भएको दावि गर्दै आएको छ । तामाङ परिवारले हत्यारा पत्ता नलागुजेल शवको अन्त्येष्टि नगर्ने भने पनि स्थानिय प्रशाशन, जनप्रतिनिधिहरुको पहलमा घटनाको सत्यतथ्य छानविन गर्न जोडतोडले लाग्ने परिवार सग सहमति भएपछि तामाङ परिवारले २२ दिन पछि शवको अन्त्येष्टि गरेको थियो ।

    त्यस्तै बैशाख ७ गते पथरी बजारमा डेरा बस्दै आएकी २९ बर्षीय रिना बस्नेतको रहस्यमय मृत्यू भयो । ३ तला माथि डेरा बस्दै आएकी रिनाको नङ्ग अवस्थामा बाटोमा शव भेटिएको हो । सत्य तथ्य पत्ता नलगे सम्म अन्त्येष्टी नगर्ने भन्दै पथरीबासीले आन्दोलन गरे । घटना लम्बिदै गए पछि परिवारले पथरीशनिश्चरे नत्याई ९ दिन पछि परमपरा अनुसार चतरामा लगेर अन्त्येष्टी गरियो ।

    दुवै घटना रीना र षडराज मृत्यु प्रकरणको वास्तविकता पत्ता लगाउन दवाव दिदै स्थानियहरु र प्रहरी प्रशाशन सग आक्रोषित वने र सडक सर्घषका कार्यक्रम समेत गरे । संर्घषको कार्यक्रमले उग्र रुप लिदा स्थानिय र व्यापारी गरि ५ जना घाईते भए भने नेपाल प्रहरीका ३ जना घाईते भएका थिए ।

    प्रशाशन विरुद्ध चर्को नारावाजी गर्दै रीनको न्यायको मागका लागि उत्रेको समुहलाई नियन्त्रण गर्ने क्रममा कयौँ सेल म्याद गुज्रीएका अश्रुग्यास समेत प्रहरीले प्रयोग गरेको थियो । प्रहरीले प्रयोग गरेको ग्यास भने ९ वर्ष आगाडी नै एक्सपायर भएको भेटिएको छ । रीना मृत्यु प्रकरणलाई अनगर्ल प्रचार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङले केही संचारकर्मी र सामाजीक सञ्जाल प्रयोगकर्ताहरुलाई समेत सोधिखोजी गर्न पुग्यो ।

    घटनाको प्रकृति र पोष्टमार्टम रिर्पोटका आधारमा भने मोरङ प्रहरी प्रवता घनश्याम श्रेष्ठ यस्तो वताए “पोष्टमार्टम रिर्पोटले रीनाको करङ भाँचिएको, टाउकोमा भित्रि चोट देखिएको, छातिको भित्र रगत जमेको र मादक पदार्थ सेवन गरेको पोष्टमार्टम रिर्पोटले देखाएको छ ।” सोही घातक चोटका कारण उनको मृत्यु भएको हुन सक्ने श्रेष्ठले वताएका छन् । यद्मपी उनको मृत्युको भरपर्दो प्रमाण भने भेटि नसकेको प्रहरीको भनाई रहेको छ ।

    सोही घटनालाई लिएर अहीले सम्म प्रहरीेले ३ जनाको पोलिग्राफ जाँच गर्यो, ३७ जनाको लिखित बयान र ५० जनाभन्दा बढीसँग सोधपुछ गरिसकेको जनाएको छ । यि घटना भन्दा अगाडी पथरी बजारमा सुस्त मनस्थीतीकी रमा बरालको हत्या, कान्छी भन्ने मानसिक सन्तुलन गुमाएकी महिला माथिको आक्रमण लगायतका घटना घटे पनि दोशि सार्वजनिक भएका छैन्न । पथरीबजारमा रहेको ईलाका प्रहरी कार्यलय, प्रहरी बेस क्याम, सस्त्र प्रहरीको कार्यलय छन । कार्यलयको ५ सय मिटर भित्र यस्ता घटना घटेको तर प्रहरी यस्ता प्रबिधीका घटनाका दोशिलाई कानुनको दायरामा ल्याउन असफल रहेको देखिएको छ । तर एक पछि अर्को घटना पथरीशनिश्चरेमा घटि रहदा स्थानीय जनताले भने अफु सुरक्षीत महसुस गर्न सकेका छैन्न ।

    पथरीशनिश्चरेमा एक पछि अर्को रहस्यमय मृत्यूका घटना घट्दै जाने तर स्थानिय निकाय र प्रहरी प्रशासनबाट शुरक्षाको प्रत्याभुती हुने कुनै कदम नचाल्दा दिन प्रति दिन यस्ता घटना बढ्दै गएको छ । जस्ले गर्दा अपराधीक कृयाकलापमा लागेका अपराधीलाई अपराधीक घटाना घटाउन पथरीशनिश्चरे सुरक्षीत स्थान बन्दै गएको जस्तो देखिएको छ ।

    यता पथरी इलाका कार्यलय भए पनि डि एस पि सहिलको शुरक्षा खडा छ । प्रहरी नायव उपरीक्षक लक्ष्मी प्रसाद अधिकारीका अनुसार पथरीमा जति बाहिर आएका घटना छन यि सबै भवितब्य घटना हुन । पथरीशनिश्चरे बासीले अशुरक्षीत महसुस गर्नु पने कुनै ठाउ नरहेको बताए । थरीशनिश्चरे आसपासमा धेरै घटना घटेको तर प्रहरीले उक्त घटनालाई बेवस्था नगरि सुरक्षा प्रत्याभुती गराउन प्रहरी लागि परेको अधिकारीले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…