• कुनै समयमा झापाका लोकपृय जनप्रतिनिधीका रुपमा परिचित दीपक कार्की झापाकै तत्कालिन एमालेका एउटा दरिला खम्बाका रुपमा समेत चिनिएका मान्छेहुन् । पटक पटक गौरादह गाबिस देखि संसदीय चुनावमा समेत आफ्नो पारदर्शी , मिलनसार , हक्कि स्वभाव र जनतासँगको घुलमिलकै कारण पटक पटकका चुनावमा विजय प्राप्त गर्न सफल कार्की अहिले बिस्तारै झापाको संसदीय र पार्टी राजनीतिबाट टाढीदै गएका छन् भलै उनी अहिले पनि जनताकै माझमा रहेर सकृय रहेका बेलामा समेत पछिल्लो समयमा पार्टीको संगठन र संसदीय फाँटबाट भने उनी सुस्तरी ओझेलमा देखिएकाछन् ।


    उनको बिगतको संर्घशील जिवन र निरन्तरको पार्टीप्रतिको बफादारिता आजका दिनमा पनि उत्तिकै ताजगी देखिएता पनि झापाको राजनीतिबाट दीपक कार्की किन यति बेला निस्कृय बनेका हुन् या उनलाई ओझेलमा पारिएको हो एउटा प्रश्न स्वभाविक रुपमा उठेको छ । नेतृत्व क्षमताका हिसाबले पनि जिल्लाकै नेतामा पर्ने उनी कुनै समयमा प्रधानमन्त्री के पी ओलीका झापाका भरोसा र बिश्वासका पात्र थिए । कतिपय कोणबाट हिजोका दिनमा दिपक कार्कीलाई झापामा ओली गुटका नेता हुन् भन्ने समेत गरिएको सुन्न पाईन्थ्यो तर पछिल्लो समयमा उनी पार्टीको संगठनात्मक कमिटि र संसदीय दुबै क्षेत्रबाट समेत ओझेल पर्दै जानुलाई कतिपय ले कार्कीलाई ओलीको साथ नभएको हो या कार्कीले ओलीको साथ छाडेको रुपमा समेत हेर्न थालेकाछन् ।


    तत्कालिन एमाले र माओवादी केन्द्रका बीच पार्टी एकता भएपछि बनेको ने क पा को झापा पार्टीको नेतृत्वमा दीपक कार्कीको नाम पनि चर्चामा थियो तर त्यो नाम पनि पछिल्लो समयमा आएर सेलायो वा बिलायो । तत्कालिन एमालेकै बेलामा समेत उनको नाम झापाको पार्टी अध्यक्षमा नआएको होइन जति बेला उनी उपाध्यक्ष थिए त्यो बेला पनि उनको नाम नामका रुपमा मात्र चर्चामा आयो र सेलायो । गएको संसदीय निर्वाचनमा समेत उनको नाम आयो र फेरि गयो । पछिल्लो समयको झापाको तत्कालिन एमाले र अहिलेसम्मको ने क पा को राजनीतिक परिवेशलाई हेर्दा दिपक कार्की झापाको पार्टी नेतृत्व र संसदीय दुबै क्षेत्रबाट बिस्तारै ओझेल पर्दै गएकाछन् भन्दा त्यति धेरै गलत विश्लेषण नहोला । तर, कार्कीको यो सकृय राजनीति सुस्तरी धिमा गति तर्फ मोडिदै जानु भनेको कि त दीपक कार्कीले झापाको राजनीतिबाट आफ्नो अवकास खोज्दै आएका छन् वा उनलाई ओझेल पार्ने काम भएको छ भन्ने स्पष्ट हुन्छ ।


    वर्तमान झापाको ने क पा को नेतृत्व लहरमा देखिनु पर्ने नाम त्यो लहरमा नआउनुलाई कि कार्कीले अब नेतृत्वमा रहन ईच्छा प्रकट नगरेका हुन या उनलाई नेतृत्वमा ल्याउन नचाहिएको हो यो भन्दा शायद फरक अर्को कारण पनि नहोला तर ताजुबको विषय त यो पनि छ कि उ बेला प्रधानमन्त्री ओलीका झापाका दाहिने हात का रुपमा चिनिएको भनौ या झापामा ओलीका खास विश्वासिला कार्यकर्ता भनिने गरेका दीपक कार्की अहिले उनै ओली पार्टी अध्यक्ष भएको समयमा पार्टी कमिटि र संसदीय नेतृत्वबाट ओझेल पर्दै जानुलाई कतिपय जानकारहरु ओलीबाट कार्की टाढीएका हुन् या जानाजान उनलाई टाढा बनाईएको हो बुझिनसक्नु भएको बताउँछन् । जे होस पार्टीको नेतृत्वमा भएपनि नभएपनि उनी झापाका एक एक जनप्रिय नेताका रुपमा परिचित छन् उनका शुभचिन्तकहरुको भनाई छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…