• विराटनगर । आज बिहानैदेखि सुरु भएको वर्षासँगै पूर्वका प्रदेश प्रमुख नदीखोलामा जलस्तर बढेको छ । बिहान १० बजेसम्म मोरङको सुन्दरहरैंचा–१ स्थित स्वचालित वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ ।

    थप वर्षा हुने सम्भावना रहेको जलवायु कार्यालयले जनाएको छ । लोहन्द्रा, सिंघियालगायत ससाना खोला खतरा तहदेखि अझ माथि आउन सक्ने भएकोले आसपासको क्षेत्रमा बाढी आउन सक्ने कार्यालयले जनाएको छ । कार्यालयद्वारा सम्प्रेषण गरिएको सूचनामा भनिएको छ ‘बुधबार रातिसम्म खतरा भएकोले उच्च सतर्कता अपनाऔं’ । बाढी पूर्वानुमान शाखाले बाढी आउन सक्ने जनाएको छ ।

    ad ad
    अविरल वर्षाका कारण प्रदेश १ को राजधानी विराटनगरका सिंघिया र केसलिया खोलामा जलस्तर बढेको छ । योसँगै आसपास क्षेत्रका बासिन्दा त्रस्त भएका छन् । गत असार २५ गतेपछि लगातारको वर्षासँगै उर्लिएको बाढीका कारण धेरै परिवार विस्थापित भएका थिए । घाम लागेर पानी घटेपछि घर फिरेकाहरु बुधबार बिहानैदेखि तनावमा छन् । विराटनगर–१ को गंगा टोलका पप्पु साहले भने, ‘‘खोलामा पानीको बहाव बढ्न सुरु भएसँगै मानिसहरु घरबाट बाहिर निस्कन तयारी गर्न थालेका छन् ।’’ उनले कतिपयले सरसामानसमेत पोका पारिसकेको बताए । लतागार पानी पर्दा प्रदेश १ को राजधानी विराटनगरका धेरै सडक डुबानमा परेका छन् ।

    विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जलस्तर बढ्ने ठाउँका बासिन्दालाई सतर्क रहन वडा कार्यालयमार्फत् सूचित गरिएको बताउँदै भने, ‘‘मानवीय क्षति हुन नदिन हामीले सतर्कता अपनाउन आग्रह गरेका छौं ।’’ विराटनगरमा असार अन्तिम साता बाढीका कारण दुई सयभन्दा धेरै घर डुबानमा परेका थिए ।

    वर्षाका कारण मोरङको चिसाङ, लोहन्द्रा, बक्राहा, मावालगायत खोलामा बाढीको स्तर बढेको छ । झापाको कन्काई, कमल, रतुवा र विरिङ खोलामा पनि पानीको तह बढ्दो छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…